काठमाडौं– यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगालामा जारी टी २० विश्वकप फाइनल खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १७२ रन बनाएको हो।
न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ५ रन बनाए उनले ४ बलमा ३ छक्का र १० चौकाको सहयोगमा सो रन जोडेका हुन्। न्युजिल्यान्डका लागि ओपनिङमा आएका डारुल मिचेलले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।
उनले अर्को ओपनर मार्टिन गुप्तिलसँग २८ रनको साझेदारी गर्दै ११ रन बनाएर पेवेलियन फर्किए। यता गुप्तिलले भने २८ रन जोडे।
न्युजिल्यान्डका ग्लेन म्यासक्वेलले १८ रन बनाए। चौथो नम्बरमा मैदान छिरेका ग्लेन फिलिप्सले १८ रन बनाए भने जेम्स निसमले अविजित १३ रन जोडे।
बलिङतर्फ अस्ष्ट्रेलियाका जोस हाज्लेवुडले सानरा पारी खेले उनले चार ओभर बलिङ गर्दै १६ रन खर्चिएर तीन विकेट गिराए। यता एडम जम्पाले एक विकेट लिए। न्युजिल्यान्ड पहिलो पटक आईसीसी टी २० विश्वकप फाइनलमा पुगेको हो भने अस्ष्ट्रेलिया दोस्रो पटक फाइनल पुगेको हो।
अस्ट्रेलियाले सन् २०१० मा फाइनलमा इंल्यान्डसँग हार व्यहोरेको हो। त्यसैले आज टी २० विश्वकपले नयाँ विजेता पाउने पक्का छ। पछिल्लो समय न्युजिल्यान्ड तीनै फर्म्याटको विश्वकपमा फाइनल पुगेको छ।