आइतबार, असार २१, २०८३

नेपाली महिला क्रिकेट टोली आज कतार जाँदै

नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज कतार प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिम आज कतार प्रस्थान गर्ने जानकारी दिएको हो।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं– नेपाली  राष्ट्रिय महिला क्रिकेट टिम आज कतार प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिम आज कतार प्रस्थान गर्ने जानकारी दिएको हो।

अब नेपाली टिमले कतारमा त्यहाँको राष्ट्रिय टिमसँग तीन बाइलेटरल टी २० आई खेलको सिरिज खेल्नेछ। त्यसका लागि नेपाली टिम आज कतार प्रस्थान गर्न लागेको हो।

कतारको सिरिज सकिएपछि नेपाली टिम नोभम्बर १९ मा दुबई प्रस्थान गर्नेछ। दुबईमा नेपाली टिमले आईसीसी महिला विश्वकप एसियन क्वालिफायर खेल्नेछ। क्वालिफायरका खेल नोभेम्बर २२ देखि २८ सम्म हुनेछ।

यसअघि अभ्यासका लागि बंगलादेश गएको नेपाली टिमले त्यहाँ पनि तीन अभ्यास खेल खेलेको थियो। ढाकाको स्थानीय क्लबसँग नेपाली टिमले तीन खेलको सिरिज खेलेको थियो। जहाँ नेपाली टिमले २–१ को जित निकालेर सिरिज आफ्ना नाम गरेको थियो।

सो खेलमा नेपाली टिमकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी बनेकी थिइन्।

प्रकाशित: Nov 14, 2021| 08:46 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।