आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • क्रिकेट अम्पायर्स एन्ड स्कोरर्स एसोसिएसनको अध्यक्षमा सत्यजित

क्रिकेट अम्पायर्स एन्ड स्कोरर्स एसोसिएसनको अध्यक्षमा सत्यजित

क्रिकेट अम्पायर्स तथा स्कोररर्स एसोसिएसन अफ नेपालको कार्यसमिति अध्यक्षमा सत्यजित सरकार निर्वाचित भएका छन्।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

बुटवल– क्रिकेट अम्पायर्स तथा स्कोररर्स एसोसिएसन अफ नेपालको कार्यसमिति अध्यक्षमा सत्यजित सरकार निर्वाचित भएका छन्। शनिबार बुटवलमा सम्पन्न एसोसिएसनको पहिलो अधिवेशनबाट ४४ मत ल्याएर सरकार अध्यक्षमा निर्वाचित भएका हुन्।

२२ मत ल्याएका अध्यक्षका अर्का प्रत्याशी रूपन्देहीकै मोहम्मद सफिक (समिर खान)लाई सत्यजितले २२ मतले नै उछिने।

क्रिकेट अम्पायर्स एन्ड स्कोरर्स एसोसिएसनको चारवर्षे कार्यकाल रहने छ। सो कार्यकालका लागि लक्ष्मणनाथ योगी ४३ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका छन्। योगीका प्रतिद्वन्द्वी वासुदेवलाल कर्णले २३ मत प्राप्त गरे।

सचिवमा ३४ मत प्राप्त गरी मनोहर अधिकारी निर्वाचित भए। उनका प्रतिस्पर्धी मेहबुब रेजा राइनले ३२ मत प्राप्त गरे।

तीन पदमा निर्वाचन भए पनि अन्य पदमा भने सर्वसम्मत भएको थियो। कोषाध्यक्षमा हिमालराज गिरी निर्वाचित भए। 

सदस्यमा मांगीलाल शर्मा, नीरजकुमार सिंह, सुरजरत्न शाक्य, सञ्जयकान्त सिग्देल, मञ्जुल भट्टराई, महेश बोहरा सर्वसम्मत चुनिएका छन्।

महिला सदस्यमा सुनीता नेपाली चुनिइन्। क्रिकेट अम्पायर्स तथा स्कोररर्स एसोसिएसन अफ नेपाल यसअघि तदर्थ समितिमा रहेको थियो। बुद्धिबहादुर प्रधान तदर्थ समितिका अध्यक्ष थिए। दुईदिने साधरणसभा र अधिवेधनबाट सरकारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

प्रकाशित: Nov 14, 2021| 11:05 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।