आइतबार, माघ ४, २०८२

ललितपुरलाई हराउँदै धनगढीले जित्यो महिला लिग छनोट

पेनाल्टीमा ललितपुरले एकमात्र गोल गर्न सक्यो। ललितपुर कि निर्मला बिकेले गोल गरिन भने सम्झना लाबती, रजनी थोकर र आशा कुँवरले गोल गर्ने सकेनन।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- टाइब्रेकरमा ललितपुर महानगरलाई हराउँदै धनगढी उपमहानगरपालिकाले महिला लिग छनोटमा प्रथम स्थान हासिल गरेको छ। खेलको निर्धारित ९० मिनेटसम्म ३-३ गोलको बराबरी भएपछी पेनाल्टी सुटआउटबाट धनगढीले जित निकालेको हो।

National life

पेनाल्टीमा ललितपुरले एकमात्र गोल गर्न सक्यो। ललितपुर कि निर्मला बिकेले गोल गरिन भने सम्झना लाबती, रजनी थोकर र आशा कुँवरले गोल गर्ने सकेनन।

यता धनगढीका रेबिका पाण्डे, बिर्सना चैधरी र रेखा पौडेलले गोल गरेर महिला लिग क्वालिफायरको उपाधी दिलाए। पेनाल्टीका क्रममा शरश्वती रोकायाले भने गोल गर्न सकिनन। उनको प्रहार गोलकिपर अंकिता राईले बचाइन्।

त्यसअघि ललितपुरले अग्रता बनाए पनि खेल अवधिभर अग्रता जोगाउन सकेन। मनिशा सेनले खेलको १२ औं मिनेटमा गोल गर्दै ललितपुरलाई १-० गोलको अग्रता दिलाएकी थिइन्।

त्यस्तै निर्मला बिकेले खेलको १६ औ मिनेट गोल गरेर ललितपुरको अग्रता २-० गोलको बनाएकी थिइन्। त्यसपछि पहिलो हाफमै धनगढीले एक गोल फर्कायो। सीमा रावलले २४ औं मिनेटमा गोल गरेर नतिजा २-१ गोलको बनाइन। उनको फितलो प्रहारमा गोलकिपर राई गल्ती गरेपछि गोल भएको थियो।

Laxmi sunrise bank
kumari

राष्ट्रिय टिमा केही महिना अघि मात्र डेब्यु गरेकी रजनी थोकरले ३९ औं मिनेटमा गोल गरेपछि ललितपुरले पहिलो हाफमै ३-१ गोलको अग्रता बनाएको थियो।

पहिलो हाफपछि परे पनि धनगढीले दोस्रो हाफमा पुनरागमन गर्‍यो। जहाँ चन्द्रा भण्डारी नायक रहिन्। उनले ४९ औं मिनेट र ७३ औं मिनेटमा गोल गर्दै खेललाई ३-३ गोलको बराबरीको अवस्थामा पुर्‍याइन्।

दोस्रो हाफको अन्तिम समयमा धनगढीले पेनाल्टीको अवसर पाए पनि फरवार्ड  रेखा पौडेलले त्यसको सदुपयोग गर्न सकिनन्।

खेलमा रेबिका पाण्डे प्लेयर अफ द म्याच बनिन्। जितसहित धनगढीले पाँच लाख पुरस्कार जित्यो भने उपविजेता ललितपुरले तीन लाख जित्यो।

अब आउँदो सिजनको राष्ट्रिय महिला लिगका लागि दुबै टोली छनोट भएका छन्।

प्रकाशित: Nov 14, 2021| 17:24 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।