आइतबार, असार २१, २०८३

इन्दुले बनाइन् पहिलो टी–२० आई अर्धशतकको कीर्तिमान

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी ब्याट्सवुमन इन्दु वर्माले टी-२० आईमा अर्धशतक बनाएकी छन्। उनले टी-२० आईको पहिलो खेलमै अर्धशतक बनाएकी हुन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी ब्याट्सवुमन इन्दु वर्माले टी-२० आईमा अर्धशतक बनाएकी छन्। उनले टी-२० आईको पहिलो खेलमै अर्धशतक बनाएकी हुन्।

यससँगै उनी टी-२० आईमा अर्धशतक बनाउने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्। सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला क्रिकेटलाई पनि टी-२० आईको मान्यता दिए पछि नेपालले मंगलबार पहिलो पटक कतारसँग टी-२० आई खेलेको हो।

२०२३ मा हुने आईसीसी विश्वकपको एसिया छनोटका तयारी गरिरहेको नेपालले अहिले कतारसँग तीन खेलको सिरिज खेलिरहेको छ।

सो खेलका दौरान इन्दुले ४७ बलमा ५ चौकाको सहयोगमा ५५ रन बनाइन्। यससँगै उनले अन्तर्राष्ट्यिर क्रिकेटमा अर्धसतक बनाउने खेलाडीको रेकर्ड बनाइन्।

यसअघि नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान सिता राना मगरको नाममा थियो। उनले सन् २०१९ मा इन्डोनेसियाविरुद्ध ४८ रन बनाएकी थिइन्।

प्रकाशित: Nov 16, 2021| 18:03 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।