काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी ब्याट्सवुमन इन्दु वर्माले टी-२० आईमा अर्धशतक बनाएकी छन्। उनले टी-२० आईको पहिलो खेलमै अर्धशतक बनाएकी हुन्।
यससँगै उनी टी-२० आईमा अर्धशतक बनाउने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्। सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला क्रिकेटलाई पनि टी-२० आईको मान्यता दिए पछि नेपालले मंगलबार पहिलो पटक कतारसँग टी-२० आई खेलेको हो।
२०२३ मा हुने आईसीसी विश्वकपको एसिया छनोटका तयारी गरिरहेको नेपालले अहिले कतारसँग तीन खेलको सिरिज खेलिरहेको छ।
सो खेलका दौरान इन्दुले ४७ बलमा ५ चौकाको सहयोगमा ५५ रन बनाइन्। यससँगै उनले अन्तर्राष्ट्यिर क्रिकेटमा अर्धसतक बनाउने खेलाडीको रेकर्ड बनाइन्।
यसअघि नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान सिता राना मगरको नाममा थियो। उनले सन् २०१९ मा इन्डोनेसियाविरुद्ध ४८ रन बनाएकी थिइन्।