आइतबार, माघ ४, २०८२

टी २० क्रिकेट विश्वकपको ऐतिहासिक उपाधि अस्ट्रेलियालाई

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगालामा सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलियाले ऐतिहासिक उपाधि जितेको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं– यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगालामा सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलियाले ऐतिहासिक उपाधि जितेको छ।

National life

आइतबार राति सम्पन्न फाइनल खेलमा उसले न्युजिल्यान्डलाई ८ विकेटले हराएर पहिलो पटक टी २० विश्वकपको उपाधि जितेको हो।

फाइनल खेलमा टस हारेर ब्याटिङ न्युजिल्यान्डले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १७२ रन बनाएको थियो। जवाफमा ७ बल बाँकी रहँदै दुई विकेटको क्षतिमा अस्ट्रेलियाले १७३ रनको लक्ष्य पुरा गर्‍यो।

अस्ट्रेलियाका लागि मिचेल मर्स र ग्लेन म्याक्सवेलले विजयी साझेदारी गरे। खेलमा मर्सले ५० बलमा ७७ रन जोडे भने ग्लेन म्यासक्वेलले १८ बलमा २८ रन बनाए। त्यसअघि ओपनर डेविड वार्नरले ५३ रनको योगदान दिए भने आरोन फिन्चले ५ रन मात्र बनाउन सके।

बलिङमा ट्रेन्ट बोल्टले मात्र दुई विकेट लिए। अन्य खेलमा निकै उत्कृष्ट बलिङ गरिरहेको न्युजिल्यान्डले फाइनल खेलमा भने १० रन अतिरिक्त प्रदान गरेको थियो।

Laxmi sunrise bank
kumari

पहिलो पारीमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ५ रन बनाए। उनले ४ बलमा ३ छक्का र १० चौकाको सहयोगमा सो रन जोडेका हुन्। न्युजिल्यान्डका लागि ओपनिङमा आएका डारुल मिचेलले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

उनले अर्को ओपनर मार्टिन गुप्तिलसँग २८ रनको साझेदारी गर्दै ११ रन बनाएर पेवेलियन फर्किए। यता गुप्तिलले भने २८ रन जोडे। चौथो नम्बरमा मैदान छिरेका ग्लेन फिलिप्सले १८ रन बनाए भने जेम्स निसमले अविजित १३ रन जोडे।

बलिङतर्फ अस्ट्रेलियाका जोस हाज्लेवुडले सानदार पारी खेले उनले चार ओभर बलिङ गर्दै १६ रन खर्चिएर तीन विकेट गिराए। यता एडम जम्पाले एक विकेट लिए।

न्युजिल्यान्ड पहिलो पटक आईसीसी टी २० विश्वकप फाइनलमा पुगेको हो भने अस्ट्रेलिया दोस्रो पटक फाइनल पुगेको थियो। अस्ट्रेलियाले सन् २०१० मा फाइनलमा इंल्यान्डसँग हार बेहोरेको हो। पछिल्लो समय न्युजिल्यान्ड तीनै फम्र्याटको विश्वकपमा फाइनल पुगेको छ।

न्युजिल्यान्डले सीमित ओभरको क्रिकेटको फाइनलमा हार बेहोरेको छ भने टेस्ट च्याम्पियनसिपको फाइनलमा जित निकालेको छ।

प्रकाशित: Nov 15, 2021| 07:18 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।