आइतबार, असार २१, २०८३

नेपाली महिला टिमले आज कतारसँग पहिलो टी-२० आई खेल्दै

सन् २०१९ को महिला टिमले पनि अन्तर्राष्ट्रिय टि-२० खेल्ने मान्यता पाएपछि नेपाली टिमले मंगबार पहिलो पटक टी-२० आई प्रतियोगिता खेल्दैछ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं- सन् २०१९ को महिला टिमले पनि अन्तर्राष्ट्रिय टि-२० खेल्ने मान्यता पाएपछि नेपाली टिमले मंगबार पहिलो पटक टी-२० आई प्रतियोगिता खेल्दैछ। कतार भ्रमणमा रहेको नेपाली टिमले सिरिज आयोजक राष्ट्र कतारसँग टी-२० आई खेल्न लागेको हो।

२०२३ मा दक्षिण अफ्रिकामा हुने आईसीसी महिला टी-२० विश्वकपको एसियाली छनोटको तयारीमा रहेको नेपाली टिमले अभ्यास खेलका लागि कतारी राष्ट्रिय महिला टिमसँग तीन खेलको सिरिज खेल्ने लागेको हो।

त्यसमध्येको पहिलो खेल नेपालले मंगलबार खेल्दैछ। नेपाली महिला टिम र कतारी महिला टिमको खेल मंगलबार दिउँसो पौने ४ बजे दोहामा हुनेछ। कोभिड १९ को महामारीका कारण नेपाली टिमले २३ महिनादेखि अन्तर्राष्ट्रिय खेल खेल्न पाएको छैन।

नेपालले कतारसँगको सिरिजपछि यूएईमा एसियाली छनोट खेल्नेछ। सो छनोट नेपालसँगै यूएई, मलेसिया, हङकङ, भुटान र कुवेतले पनि प्रतिस्पर्धा गर्नेछन्। छनोटका खेल नोभेम्बर २२ देखि २८ तारिखसम्म हुनेछ।


प्रकाशित: Nov 16, 2021| 11:04 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।