नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन गरेर भारत र बेलायतको संविधानको उदाहरण दिने हो भने उतै जान आग्रह गरेका छन्।
गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपाको एउटा समूह, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक समाज सडक आन्दोलनमा छन्।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका लागि वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पाँच घण्टा समय मागेपछि प्रधानन्यायाधीश र उनीबीच केहीबेर वादविवाद भएकाे छ।
निर्वाचन आयोगले छलफलका लागि बोलाएपछि आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेका नेकपाको दाहाल–नेपाल समूहका नेताहरु छलफल नै नगरी त्यहाँबाट निस्किएका छन्।