शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान र व्यवस्थामाथि गम्भीर प्रश्न चिह्न खडा भयो : कमल थापा 

संविधान र व्यवस्थामाथि गम्भीर प्रश्न चिह्न खडा भयो : कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद् विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि गम्भीर प्रश्न चिह्न खडा भएको बताएका छन्। 
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद् विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि गम्भीर प्रश्न चिह्न खडा भएको बताएका छन्। 

जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई शुक्रबार सम्बोधन गर्दै थापाले संसद् विघटनले मुलुकमा संकट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताएका हुन्। 

नयाँ नेपाल निर्माण, आमूल परिवर्तन र आर्थिक समृद्धिको लक्ष्य बोकेर भएको परिवर्तनले जनतामा सकारात्मक परिवर्तन दिन नसकेको थापाले बताए। 

उनले भने, ‘जनता भ्रष्टाचार, कुशासन, धर्म परिवर्तन, बेरोजगारी र सर्वसत्तावादको जातोमा पिसिनुपर्ने बाध्यात्मक अवस्था आएको छ।’ 

पार्टीको आगामी कार्यदिशा संगठन, जनसंघर्ष र महाधिवेशन भएको भन्दै थापाले विभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्नेसमेत स्पष्ट पारे। 

पार्टीको भविष्यप्रति ढुक्क हुन आग्रह गर्दै थापाले आफूसहित पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले ‘गीता’ छोएर पार्टी एकताको निमित्त प्रतिबद्ध भएकोले राप्रपालाई मुलुकको बलियो प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता व्यक्त गरे। 

बैठकमा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले राप्रपाको विचार र एजेन्डालाई स्थापित गर्ने विषय अहिलेको प्रमुख मुद्दा भएको बताए। 

आजको बैठकमा ३१ जिल्लाका अध्यक्ष र प्रतिनिधिको सहभागिता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
 

प्रकाशित: Jan 29, 2021| 10:10 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।