शनिबार, भदौ २०, २०८३

केपी ओली गणतन्त्रविरोधी हुन् : प्रदीप पौडेल  

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको आरोप लगाएका छन्। 
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको आरोप लगाएका छन्। 

कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ६ समितिले रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजना गरेको विरोधसभामा नेता पौडेलले ओली गणतन्त्र विरोधी भएको बताएका हुन्।  

‘केपी ओली गणतन्त्रवादी नेता होइनन्, उनी गणतन्त्रविरोधी नेता हुन्,’ पौडेलले भने।  

उनले राष्ट्रपति र प्रधानमन्त्री संविधानभन्दा माथि बस्‍न खोजेको आरोप लगाउँदै संविधानभन्दा माथि कसैलाई पनि नराख्न राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएको बताए।

पार्टीको आन्तरिक किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ थियो। ‘पार्टी भित्रको झगडाको रिस प्रतिनिधिसभा माथि पोखियो। कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?’ उनले प्रश्न गरे। नेपालमा समृद्धि नआउनुको प्रमुख कारण प्रधानमन्त्री ओली नै भएको उनको भनाइ थियो।

प्रकाशित: Jan 29, 2021| 09:54 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।