शनिबार, भदौ २०, २०८३

नेपाल बारको १५ औं सम्मेलन पोखरामा हुने

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनको १५औं राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ। 
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

पोखरा -  कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनको १५औं राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ। 

आगामी २०७८ जेठ १४ देखि १६ सम्म पोखरामा सम्मेलन तय भएको हो। 

पोखरामा २०५० सालयता बारको राष्ट्रिय सम्मेलन भएको थिएन।

प्रत्येक तीन वर्षमा बारको सम्मेलन हुँदै आएको छ। सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। 

नेपाल बारका ८९ वटा बार इकाइका प्रतिनिधिसहित करिब चार हजार कानुन व्यवसायीको सहभागिता रहने बार केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले जानकारी दिए। 

उनका अनुसार सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव पारित गर्नेछ। यस्तै सम्मेलनले निष्पक्ष, स्वतन्त्र र निर्भीक न्यायपालिकाको बारेमा प्रस्ताव गर्नुका साथै विभिन्न कार्यपत्र पारित गर्नेछ। 

कानुन व्यवसायलाई आत्मनिर्भर, व्यावसायिक, दक्ष र मर्यादित एवं विश्वसनीय कसरी बनाउने, स्वतन्त्र न्यायपालिकाभित्र र बाहिर संवैधानिक संस्थाले गर्ने आक्रमणबाट न्यायपालिकालाई कसरी जोगाउने लगायत विषयमा पनि छलफल हुने आयोजकले जनाएको छ। 

यसअघि २०७४ मा १४ औं सम्मेलन नेपालगन्जमा सम्पन्न भएको थियो। 

कोभिड–१९ बाट आक्रान्त पर्यटकीय नगरी पोखराको समग्र पर्यटन प्रवद्र्धनका लागि पनि सम्मेलन पोखरा तय गरिएको हो। यहाँ सम्मेलन हुनु पोखराको लागि पनि गौरवको विषय भएको उपाध्यक्ष थापामगर बताउँछन्।

सम्मेलन सफल पार्न बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा बारका पूर्व अध्यक्ष, महासचिव, उच्च अदालत र जिल्ला अदालत बारका प्रतिनिधि सदस्य रहने छन्।

प्रकाशित: Jan 29, 2021| 05:49 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।