शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कम्युनिस्टका कुरा बिक्यो, कांग्रेसको काम बिकेन : महत  

कम्युनिस्टका कुरा बिक्यो, कांग्रेसको काम बिकेन : महत  

‘कम्युनिस्टहरुको गफ बिकिरहेको छ। तर, कांग्रेसको काम बिकेको छैन। यसमा हाम्रो कमजोर प्रचार नीति दोषी छ।'
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपालमा कम्युनिस्टका कुरा बिकेको तर कांग्रेसले गरेका काम नबिकेको बताएका छन्। 

सहिद दिवसका अवसरमा सहिद भरतगोपाल झा स्मृति प्रतिष्ठानले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै महतले कांग्रेसको कमजोर प्रचारशैलीका कारण कम्युनिस्टहरुले जनतलाई दिग्भ्रमित पारेर निर्वाचन जितिरहेको बताए। 

‘कम्युनिस्टहरुको गफ बिकिरहेको छ। तर, कांग्रेसको काम बिकेको छैन। यसमा हाम्रो कमजोर प्रचार नीति दोषी छ,' उनले भने, ‘हामी आफूआफूबीच कुरा काट्छौं। हामीले गरेका काम जनतामाझ प्रचार गर्न सक्दैनौं।’ 

कांग्रेसभित्र एकअर्काविरुद्ध कुरा काट्न प्रयोग हुने ऊर्जा कम्युनिस्टहरुका नक्कली गफविरुद्धमा प्रयो गर्नुपर्ने उनको भनाइ छ। ‘मूलभूत रुपमा हाम्राबीचको कुरा काट्ने ऊर्जालाई कम्युनिस्टको नक्कली कुराविरुद्ध एकत्रित गर्ने हो भने कम्युनिस्टहरुले चुनाव कहिलै जित्न नसक्ने अवस्था सिर्जना हुन्छ,’ उनले भने। 

महतले कम्युनिस्टका गफ बिकेसम्म नेपाल समृद्ध हुन नसक्ने बताए। ‘जुन बेलासम्म कम्युनिस्टका गफ बिकिरहन्छ, तबसम्म मुलुक समृद्ध हुँदैन,’ उनले भने, ‘कम्युनिस्टहरुका लागि जनता उपयोग गर्ने वस्तु हो। उनीहरू झुटा आश्वासन बाँड्न सिपालु हुन्छन्। हामीलाई त्यसो गर्न डर लाग्छ र गर्दैनौं। कम्युनिस्टहरुले आफूलाई फाइदा हुने देखेमा दिनलाई रात र रातलाई दिन भन्न बेर लाउँदैनन्।’ 

उनले जनताबाट अनुमोदित नभई कांग्रेस सरकारमा नजाने बताए। ‘निर्वाचनमा जानु पर्दैन, सत्तामा जानुस् भनेर कसैले भन्यो भने हामी अस्वीकार गर्र्छौं। हाम्रा लागि पनि जनताबाट अनुमोदित नभई सत्तामा जानेकुरा वर्जित छ,’ उनले भने।

कम्युनिस्ट पार्टीको विचारधारामा आमनिर्वाचनको पद्धति नै नरहेको उनको भनाइ छ। उनले भने, ‘नेपालमा निर्वाचन पद्धति र प्रजातन्त्र नेपाली कांग्रेसको हठका कारणले स्थापित भएको हो। कम्युनिस्टहरु पनि मन लागी–नलागी हाम्रै बाटोमा हिँडिरहेका छन्।’

प्रकाशित: Jan 29, 2021| 09:41 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।