काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटनविरुद्ध भएको सभामा कविता सुनाएका छन्।
कवि तथा पत्रकार विनोदविक्रम केसीको कवितालाई आफ्नो हिसाबमा ढालेर उनले कविता सुनाएका हुन्।
कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ६ कार्यसमितिले आयोजना गरेको विरोध सभालाई शान्तिबाटिकमा सम्बोधन गर्दै नेता थापाले कविता सुनाउँदै युवाहरुलाई आन्दोलनका लागि तयार रहन सन्देश दिए।
यस्तो छ थापाले सुनाएको कविता
टाउकोमा लाठी खान तयार रहनुहोस्
ढाडमा बुट खान तयार रहनुहोस्
छातीमा गोली थाप्न तयार रहनुहोस्
मस्तिष्कलाई जेलको हावा खान तयार राख्नुहोस्
मनलाई मृत्युलाई म्वाइ खानका लागि तयार राख्नुहोस्
नत्र तानाशाहसँग हार खाएर इतिहासको गाली खान तयार रहनुहोस्