शनिबार, भदौ २०, २०८३

१३ वर्षमा पनि बनेन राष्ट्रिय सहिद स्मारक

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा  स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा आज सहिद दिवस मनाइँदै छ।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा  स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा आज सहिद दिवस मनाइँदै छ।

विसं १९९७ माघ १० गते शुक्रराज शास्त्री, १३ गते धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ तथा १५ गते दशरथ चन्दलाई राणा शासकले मृत्युदण्ड दिएका थिए।

स्वतन्त्रताका आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदको सम्झनामा मन्त्रिपरिषदले विसं २०६४ जेठ ११ गते काठमाडौंको गोकर्णेश्वरमा ‘राष्ट्रिय सहिद स्मारक’ बनाउने निर्णय गरेको थियो। 

तर घोषणा भएको १३ वर्षमा पनि स्मारक बन्न सकेको छैन। स्मारकको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत छ। 

गोकर्णको जगडोल (यज्ञडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहिद संग्रहालय, अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पुस्तकालयलगायत संरचनाको निर्माण अन्तिम चरणमा पुगेर निर्माण व्यवसायीको लापरवाहीले काम अलपत्र परेको स्मारक निर्माण समितिले जनाएको छ।

रासस
 

प्रकाशित: Jan 29, 2021| 06:27 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।