शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले सहिदको बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार गरे : जोशी

ओलीले सहिदको बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार गरे : जोशी

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले केपी शर्मा ओली नेतृत्वको सरकारले सहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार गरेको बताएका छन्।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले केपी शर्मा ओली नेतृत्वको सरकारले सहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार गरेको बताएका छन्। उनले ओलीको नेतृत्वमा सरकार बनेदेखि नै सहिदहरुको वलिदानबाट उपलब्धिमाथि प्रहार हुन थालेको बताएका हुन्। 

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले शुक्रबार काठमाडौंको शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा उनले सहिदहरुको बलिदानले दिलाएको राजनीतिक स्थिरतालाई कुल्चदै ८० वर्षदेखि संघर्षको उपज संविधानवाद्लाई मारेर सर्वसत्तावाद लादेको आरोप लगाए। 

प्रतिष्ठानका अध्यक्षसमेत रहेका जोशीले राज्यको सबै संस्थाहरुमाथि निरन्तर आक्रमण गरेर प्रधानमन्त्री ओलीले राज्य सञ्चालन प्रणाली नै कमजोर बनाएको आरोप लगाए। 

कार्यक्रममा सहिदहरु दशरथ चन्द र गंगालाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्नुका साथै सहिहदहरुको सपना पूरा गर्न र देशमा व्यक्तिवाद तथा स्वेच्छाचारिताको अन्त्य गर्न भन्दै आधा धण्टा धर्ना समेत दिइएको थियो।

प्रकाशित: Jan 29, 2021| 07:06 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।