काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका लागि वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पाँच घण्टा समय मागेपछि प्रधानन्यायाधीश र उनीबीच केहीबेर वादविवाद भएकाे छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एक घण्टाभन्दा बढी समय दिन नसकिने बताएपछि उनीहरूबीच झण्डै सात मिनेटजति वादविवाद भएको थियो।
वरिष्ठ अधिवक्ता श्रेष्ठले नयाँ विषय राख्न लागेको भन्दै पाँच घण्टाको समय दिन माग गरेका थिए।
सो क्रममा प्रधानन्यायाधीश जबराले अरू कानुन व्यवसायीलाई १५ मिनेट मात्रै समय तोकेको भन्दै एक घण्टाभन्दा बढी समय नदिने बताए।
अहिले श्रेष्ठले बहस सुरु गरेका छन्।