शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा विवाद टुंगो नलागेसम्म निर्वाचनको काम नगर्न दाहाल–नेपाल समूहको आग्रह 

नेकपा विवाद टुंगो नलागेसम्म निर्वाचनको काम नगर्न दाहाल–नेपाल समूहको आग्रह 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– राजनीतिक रुपमा विभाजित भएको दल नेकपाको दुवै समूहका नेताहरु निर्वाचन आयोगमा पुगेका छन्। आयोगले छलफलका लागि बोलाएपछि उनीहरु त्यहाँ पुगेका हुन्।

आयोगमा छलफल गर्न नेकपाका ओली समूहबाट कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाँल र विमला राई पौड्याल गएका छन् भने दाहाल–नेपाल समूहबाट लिलामणि पोखरेल र राजेन्द्र पाण्डे।

आयोग कार्यालय छिर्नुअघि नेपाल समयसँग कुरा गर्दै दाहाल–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले आफ्नोे समूहका दुवै शीर्ष नेता (पुष्पकमल दाहाल र माधवकुमार नेपाल) काठमाडौंमा उपलब्ध नभएकाले आज छलफल स्थगित गर्न आयोगका पदाधिकारीहरुलाई आग्रह गर्ने बताए। नेकपा विभाजनको विवाद नटुंग्याई दल दर्ता नखोल्न र निर्वाचनको अन्य तयारी नगर्न आफूहरुले आयोगलाई आग्रह गर्ने उनले बताए।

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाखमा दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेको छ र निर्वाचन आयोगले पनि आवश्यक तयारी अघि बढाएको छ। निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने अन्तिम तयारीमा रहेको आयोगले सत्तारुढ नेकपाको दुवै पक्षसँग छलफल गर्न खोजेको हो।

निर्वाचनको छलफलका लागि बोलाइए पनि आयोगमा नेकपाको विवादका विषयमा पनि छलफल हुने बताइएको छ। आयोगले माघ ११ गते नेकपा विभाजन हुन नसक्ने निर्णय गरेको थियो। दुवै पक्षले पुस ५ पछिका निर्णयहरु बुझाउँदै आधिकारिकता दावी गरे पनि आयोगले भने नेकपाको पुरानै संरचनालाई मान्यता दिँदै विभाजन हुन नसक्ने अवस्था रहेको भन्दै निर्णय दिएको थियो। 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल नेपाल समूह सडक आन्दोलनमा छ भने प्रधानमन्त्री केपी शर्मा ओली पक्ष वैशाखमा नै निर्वाचन हुने भन्दै निर्वाचनको तयारी गरिरहेको छ।  

प्रकाशित: Jan 29, 2021| 05:46 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।