शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डिजिटल कक्षाका कारण झण्डै दोब्बरले बढ्यो मोबाइल आयात

डिजिटल कक्षाका कारण झण्डै दोब्बरले बढ्यो मोबाइल आयात

चालू आर्थिक वर्षको ६ महिनामा २० अर्ब रूपैयाँ बढीको मोबाइल फोन आयात भएको छ। 
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं - चालू आर्थिक वर्षको ६ महिनामा २० अर्ब रूपैयाँ बढीको मोबाइल फोन आयात भएको छ। 

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्म २० अर्ब ६३ करोड तीन लाख २२ हजार रूपैयाँ बराबरको मोबाइल फोन आयात भएको हो। 

उक्त आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बरले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा  ११ अर्ब ७८ करोड ८५ लाख ४९ हजार रूपैयाँ बराबरको मोबाइल फोन आयात भएको थियो। 

कोरोना महामारीका कारण देश लकडाउनमा हुँदा अनलाइन कक्षा भएकाले मोबाइलको खपत बढेको र आयात पनि बढेको मोबाइल व्यवसायी बताउँछन्। 

मोबाइल एशोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष पुरूषोत्तम बस्नेतले माग बढेपछि आयात पनि बढेको बताए। ‘स्मार्ट फोनमा मान्छेहरूको आकर्षण उसै पनि देखिन्थ्यो,’ उनले भने, ‘पछिल्लो समय डिजिटल कक्षा भएकाले पनि माग बढेको हुन सक्छ।’

चालू आर्थिक वर्षमा मोबाइल फोन आयातबापत् सरकारले तीन अर्ब २६ करोड ५० लाख ४६ हजार रूपैयाँ भन्सार राजस्व संकलन गरेको भन्सार विभागले जानकारी दिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ८६ करोड ७४ लाख १४ हजार रूपैयाँ थियो।

प्रकाशित: Jan 29, 2021| 06:20 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।