शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड : झण्डै पाँच लाखले पाए ६० कित्ता

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड : झण्डै पाँच लाखले पाए ६० कित्ता

नेपाल इन्फ्रास्ट्रचर बैंकको आईपीओ आज बाँडफाँड भएको छ। 
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं। नेपाल इन्फ्रास्ट्रचर बैंकको आईपीओ आज बाँडफाँड भएको छ। 

शेयर निस्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार ५० कित्तासम्म आवेदन दिने सबैले मागअनुसारको शेयर पाएका छन्।

बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ताभन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड गरिएको छ। 

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पुँजी २० अर्ब रूपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गरेको थियो। 

 त्यसमध्ये ०.२० प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी सात करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणमा आईपीओ जारी गरेको थियो। 

प्रकाशित: Jan 29, 2021| 04:57 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।