शनिबार, भदौ २०, २०८३

निर्वाचनको तयारीमा लाग्नुको विकल्प छैन : नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले निर्वाचनको तयारीमा लाग्नुको विकल्प नभएको बताएका छन्। 
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले निर्वाचनको तयारीमा लाग्नुको विकल्प नभएको बताएका छन्। 

सर्वोच्च अदालतले स्थगन आदेश जारी नगरेको हुनाले निर्वाचनको तयारीमा लाग्नुको विकल्प नभएको बताएका हुन्। 

‘तोकिएकै मिति निर्वाचन सम्पन्न हुनुपर्छ,’ उनले भने, ‘निर्वाचन आयोगले तदारुकताका साथ निर्वाचनको तयारी थाल्नुपर्छ।’

नेता नेम्वाङले निर्वाचन आयोगलाई दल दर्तालगायत निर्वाचनका आफ्ना तयारीहरूलाई अगाडि सुझाव दिएको जानकारी दिए।

‘निर्वाचनका सबै कार्यक्रममा हाम्रो तर्फबाट प्राथमिकता दिँदै पूर्णतः सहयोग र समर्थन रहन्छ,’ उनले भने, ‘निर्वाचनमा कुनै पनि कारणले ढिलाइ हुनु हुँदैन भन्ने निष्कर्षमा हामी पुगेका छौं।’

पार्टीको आधिकारिकताबारे पत्रकारले सोधेको प्रश्नमा उनले यसबारे निर्वाचन आयोगले टुंगो लगाइसकेको बताए। उनले भने, ‘हामी नै आधिकारिक हौं भन्ने विश्वास छ, त्यसैको जगमा उभिएर अगाडि बढ्छौं।’

आज निर्वाचन आयोगले नेकपाको दुई समूह दाहाल-नेपाल र ओली पक्षलाई छलफलका लागि बोलाएको थियो। 

दाहाल-नेपाल समूह भने निर्वाचन आयोगमा पत्र बुझाएर फर्किएकाे थियाे।

यसअघि आइतबार निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता नदिने निर्णय गरेकाे थियाे।

संसद् विघटनपछि २०७८ वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ।

प्रकाशित: Jan 29, 2021| 07:04 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।