शनिबार, भदौ २०, २०८३

जसपाले पनि गर्‍यो आन्दोलन घोषणा

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपाको एउटा समूह, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक समाज सडक आन्दोलनमा छन्।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (नेपाल)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। 

आज शुक्रबार बसेको जसपा पदाधिकारी बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

पार्टीले माघ २९ गतेसम्मको कार्यक्रम घोषणा गरेको जसपा संघीय परिषद्का अध्यक्ष डा. डा. बाबुराम भट्टराईले ट्विट गरेर जानकारी दिएका छन्।

उनका अनुसार माघ २३ मा जिल्ला, माघ २५ मा संघीय र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ मा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका र माघ २९ मा वडा तहमा पुत्ला दहन, मसाल जुलुस लगायत कार्यक्रम गर्ने निर्णय गरिएको छ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपाको एउटा समूह, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक समाज सडक आन्दोलनमा छन्। त्यसमा अब जसपा पनि थपिएको छ।

प्रकाशित: Jan 29, 2021| 08:32 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।