शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचन आयोग भन्छ– हामीले नेकपा फुटाइदिने होइन, चुनावको तयारी गरिरहेका छौं

निर्वाचन आयोग भन्छ– हामीले नेकपा फुटाइदिने होइन, चुनावको तयारी गरिरहेका छौं

सत्तारुढ दल नेकपाको आधिकारिकताबारे कुनै समस्या नदेखिएकोले यसबारे निर्णय नगरिएको निर्वाचन आयोगले प्रष्ट पारेको छ। 
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाको आधिकारिकताबारे कुनै समस्या नदेखिएकोले यसबारे निर्णय नगरिएको निर्वाचन आयोगले प्रष्ट पारेको छ। 

आज शुक्रबार आयोगले निर्वाचनको तयारीलगायतका बारेमा छलफल गर्न नेकपाका दुवै अध्यक्ष वा अध्यक्षले पठाएका प्रतिनिधिहरुसँग छलफल गर्ने कार्यक्रम राखेको थियो। तर, नेकपाको दाहाल–नेपाल समूहका प्रतिनिधि आयोगमा पुगेर पत्र बुझाएर फर्किएका थिए।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुसँग भने आयोगका पदाधिकारीहरुले सामान्य छलफल गरेका थिए।

छलफलपछि आयोगका आयुक्त ईश्वरी पौडेलले अहिले आयोगले नेकपाका समूह नचिन्ने बताउँदै दुईजना अध्यक्ष र पुरानै विवरणअनुसारको नेकपामात्रै चिन्ने प्रष्ट पारे। ‘राजनीतिक दलसम्बन्धीको ऐनअनुसार आफू आधिकारिक भएको भनेर कसैले पनि दाबी गरेको छैन,’ उनले भने, ‘उहाँहरुले विवरण अध्यावधिक गर्नमात्रै भन्नुभयो। हामीले नेकपा पार्टी फुटाउने त होइन होला !’ 

उनले आयोगले पुस ५ अगाडि नेकपाको अवस्था जे थियो, त्यहीअनुसार अहिले पनि रहेको र विभाजन नभएको निर्णय गरेको बताए। ‘कुन पक्ष आधिकारिक हो र कुन होइन भन्ने निर्णय आयोगले गरेको छैन। दुई गुट भए पनि आधिकारिकता देऊ भनेर कोही आएको छैन। त्यसकारण कसैले आधिकारिक हुँ भनेर दाबी पेश गरेन भने हामीले बाटो गएर आधिकारिक तिमी हौ भनेर त भन्दैनौं नि,’ उनले भने। 

आयोगले घोषित निर्वाचन सम्पन्न गर्नका लागि छिट्टै राजनीतिक दल दर्ताका लागि सूचना निकाल्न लागेको र निर्वाचनको अरु विषयमा छलफल गर्नमात्रै दुवै अध्यक्षलाई बोलाएको जनाएको छ। 

‘निर्वाचनको तयारीका लागि हामी पूर्ण रुपमा लागेका छौं। आयोगको संवैधानिक दायित्व भएकाले त्यसको तयारी अघि बढेको हो,’ उनले भने।  

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले पनि नेकपाको आधिकारिकताको समस्या आयोगमा नरहेको बताए। ‘हामीले त निर्वाचनको तयारीका विषयमा छलफल गर्न बोलाएका हौं,’ उनले भने, ‘पुनः हामी आयोगको बैठक राख्छौं र सबै दलहरुसँग छलफल गर्छौं।’

उनका अनुसार आयोगले निर्वाचनको तयारी गरिरहेको छ। अन्य दलहरुसँग पनि छलफल गर्छ। ‘हामीले तोकिएको समयमा नै निर्वाचन गर्न तयारी गरिरहेका छौं,’ प्रवक्ता श्रेष्ठले भने। 

आज बिहान साढे ११ बजे दल दर्तासम्बन्धी सूचना प्रकाशन र आयोगले हालसम्म निर्वाचनका विषयमा छलफल गर्न आयोगले नेकपाका दुवै अध्यक्षलाई पत्राचार गरेको थियो। 

दाहाल–नेपालको तर्फबाट स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, नेता राजेन्द्र पाण्डे र मुक्ति प्रधान उपस्थित थिए। उनीहरुले आफ्ना दुवै अध्यक्ष राजनीतिक कार्यक्रममा बाहिर रहेको र माघ १८ पछि मात्रै काठमाडौं आउने र त्यसपछि आयोगले छलफल राखेमा सहभागी हुने भन्दै जानकारी दिएर फर्किएका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहितका प्रतिनिधिहरु सहभागी थिए। छलफलमा निर्वाचन सम्पन्न गर्नका लागि सरकारका तर्फबाट पूर्ण सहयोग हुने उनीहरुले प्रतिबद्धता व्यक्त गरेका थिए। 

प्रकाशित: Jan 29, 2021| 10:16 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।