शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आर्मीका महताराले जिते चौथो व्यास अल्ट्रा म्याराथनको उपाधि 

आर्मीका महताराले जिते चौथो व्यास अल्ट्रा म्याराथनको उपाधि 

तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको चौथो व्यास अल्ट्रा म्याराथनको उपाधि नेपाल आर्मीका देवराज महताराले हात पारेका छन्।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

पोखरा– तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको चौथो व्यास अल्ट्रा म्याराथनको उपाधि नेपाल आर्मीका देवराज महताराले हात पारेका छन्।

व्यास–५ मानुङकोटबाट सहिद स्मारक पार्क रहेको व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दुरी ३ घण्टा ३ मिनेट ५१ सेकेण्डमा पार गदै महतारा विजेता भएका हुन्।  

सोही दुरीलाई ३ घण्टा ८ मिनेट १ सेकेण्डमा पार गर्दै सोलुखुम्बुका सुमन कुलुङ दोस्रो भए। उनी प्रतियोगिताका पूर्व विजेता हुन्। 

३ घण्टा १० मिनेट ५ सेकेण्डमा उक्त दुरी पार गर्दै नेपाल आर्मीका वेदबहादुुर सुनुवार तेस्रो भए। 

हरेक वर्ष सहिद दिवसका अवसरमा व्यास नगरपालिकाले आयोजना गर्दै आइरहेको व्यास नगर अल्ट्रा म्याराथनमा यस वर्ष १३३ धावकको सहभागिता थियो। 

प्रतियोगितामा प्रथमलाई ८५ हजार ७७ रुपैयाँ, द्वितीयलाई ६५ हजार ७७ रुपैयाँ तथा तृतीयलाई  ५५ हजार ७७ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। 

४४ किमी उक्त म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो।  

प्रकाशित: Jan 29, 2021| 09:51 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।