शनिबार, भदौ २०, २०८३

झापामा चोरीको डेढ लाख रूपैयाँसहित एकजना पक्राउ

इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

झापा - इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ का ४१ वर्षीय विक्रम दनुवार रहेका छन्। 

उनको साथबाट प्रहरीले एक लाख ४८ हजार ६६५  रूपैयाँ र एक हजार ५०० भारतीय रूपैयाँसमेत बरामद गरेको छ। 

अर्जुनधारा-५, लक्ष्मीपुरका गजेन्द्र कटुवालले सञ्चालन गरेको किराना पसलबाट पैसा चोरी गरेको आरोपमा दनुवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

गएराति दनुवारले पसलबाट पैसा चोरी गरेको र सीसीटीभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। रासस

प्रकाशित: Jan 29, 2021| 06:02 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।