सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कर्णबहादुर थापाले सात उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवको व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन्। उनले पोलिटब्यूरो कायमै राख्न पनि सुझाव दिए।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद् अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङको गाउँ/नगर अधिवेशनका लागि शुक्रबार मनोनयन दर्ता भएको छ। अधिकांश स्थानीय तहमा संस्थापन र पौडेल पक्षबाट प्यानल नै उम्मेदवारी दर्ता भएको छ।
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेको जारी विधान महाधिवेशनलाई केपी ओलीको निभ्ने बेलाको बत्तीको संज्ञा दिएका छन्।
महाधिवेशनमा पेश गरिएको विधानमा दुई उपमहासचिवको व्यवस्थालाई हटाउँदै एक सचिव थप गर्ने प्रस्ताव गरिएको छ। यसअघि पार्टीको नवौँ महाधिवेशनमा दुई उपमहासचिवको व्यवस्था गरिएको थियो।
‘जसको पछि लाग्दा मन्त्री मात्रै होइन्, सांसद पद नै गुम्यो उसैले फरक व्यवहार गरेपछि पार्टीमा बस्न सक्ने अवस्था बनेन। त्यसैले उहाँ फरक तरिकाले अघि बढ्न खोज्नुभएको हो’, नेता साह निकट...