शुक्रबार, भदौ ५, २०८३

सहमतिमै पार्टीको नेतृत्व चयन हुन्छ, प्यानल बन्दैन : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतिमा नै चयन हुने बताएका छन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतिमा नै चयन हुने बताएका छन्। 

महासचिव पोखरेलले पार्टीको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानल नबन्‍ने दावीसमेत गरे। काठमाडौंमा बुधबार आयोजित ‘पार्टीको १० औं राष्ट्रिय महाधिवेशन जनपरिचालन अभिमुखिकरण’ कार्यक्रममा बोल्दै उनले नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानलको लिष्ट नबाँडनेसमेत बताएका छन्। उनले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि प्यानलको लिस्ट बाँडेर महाधिवेशनको निर्वाचनमा सामेल हुने पक्षमा आफूहरु नरहेको तर्क गरेका छन्। 

उनले एमालेले उठान गर्दै आएको समृद्धि र विकासको मुद्दालाई निर्णायक ठाउँमा पुर्‍याउने गरी महाधिवेशनलाई भव्यताका साथ सफल बनाउने दावी समेत गरेका छन्। 

महासचिव पोखरेलले भने, ‘हाम्रो नेतृत्व भनेको सहमतिका साथ निर्माण हुन्छ। एउटा कुरा बुझ्नुस्, कमरेडहरु, महाधिवेशनमा हाम्रो प्यानल बन्‍ने छैन। प्यानल लिस्ट बाँडिने छैन। यो चिज ग्यारेन्टी हो। व्यक्तिगत हिसाबले को साथीलाई मत दिनुहुन्छ, दिनुहुन्छ। हामी पार्टीलाई त्यसरी एकतावद्ध बनाएर लैजान चाहन्छौं। र यस्तो एमाले, जसले दलाल पूँजीको विरोध गर्दै समाजवादको आधार निर्माण गर्ने र आर्थिक समृद्धि र विकासको जुन मुद्दा हो, त्यो मुद्दालाई निर्णायक ठाउँमा पुर्‍याउने काम गर्नेछ।’

महासचिव पोखरेलले चितवनमा हुने सो महाधिवेशनमा लाखौंको संख्यामा जनसहभागिता हुने दाबीसमेत गरेका छन्। उनले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्‍न गराउने काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई आह्वान समेत गरेका छन्। 

प्रकाशित: Nov 17, 2021| 19:14 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...