शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • वडाध्यक्षलाई कार्यक्रम स्थलबाट बाहिर निकाल्न निर्देशन दिने नगर प्रमुखको राजीनामा माग

वडाध्यक्षलाई कार्यक्रम स्थलबाट बाहिर निकाल्न निर्देशन दिने नगर प्रमुखको राजीनामा माग

गठबन्धनमा आबद्ध दलले मोरङका पथरीशनिश्चरे नगरपालिकाका प्रमुख किशोर राईको राजीनामा माग गरेका छन्।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

विराटनगर– गठबन्धनमा आबद्ध दलले मोरङका पथरीशनिश्चरे नगरपालिकाका प्रमुख किशोर राईको राजीनामा माग गरेका छन्।

मंगलबार नगरपालिकाले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा वडानम्बर-४ का वडाध्यक्ष गोविन्दबहादुर भण्डारीलाई कार्यक्रम स्थलबाट नगर प्रहरी लगाएर नगर प्रमुख राईले बाहिर निकालेका थिए। 

समीक्षा गोष्ठीमा वडाध्यक्ष भण्डारीले नगरको अनियमितताको सवालमा प्रश्न गरेको आधारमा नगर प्रहरी लगाएर बाहिर निकालेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी नगर समितिले बुधबार नगर प्रमुख राईलाई ज्ञापन पत्र बुझाउँदै राजीनामाको माग गरेको हो।

गठबन्धनमा आबद्ध दलले नगर प्रमुख राईको राजीनामा सँगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेललाई कारबाही, वडाध्यक्षलाई कार्यक्रम स्थलबाहिर निकाल्ने नगर प्रहरीलाई निलम्बन गरिनुपर्ने लगायतका ९ बुँदे माग बुझाएको छ।

तीन दिन भित्र माग पुरा नभए गठबन्धन आन्दोलनमा जान बाध्य हुने र सोबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार नगरप्रमुख हुने ज्ञापनपत्रमा उल्लेख छ।

समीक्षा गोष्ठीका क्रममा वडाध्यक्ष भण्डारीले महिला जनप्रतिनिधिलाई गाली गरेको, प्रमुख प्रशासकीय अधिकृतलाई अपशब्द प्रयोग गर्न थालेपछि कार्यक्रम स्थलबाट बाहिर निकालिएको एक कर्मचारीले बताए। वडाध्यक्ष भण्डारी नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधि हुन्। नगरमा एमालेको नेतृत्व छ।

प्रकाशित: Nov 18, 2021| 06:36 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...