शुक्रबार, भदौ ५, २०८३

इजिप्ट र कतारका राजदूतले भेटे परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि अरब गणतन्त्र इजिप्ट र कतारका राजदूत तथा राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधिले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं- परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि अरब गणतन्त्र इजिप्ट र कतारका राजदूत तथा राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधिले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन्। 

इजिप्टका राजदूत नोहा हाम्दी अहमद एल्गेबाली र कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँगको भेटमा आपसीहितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसैगरी, युएनडिपीका आवासीय प्रतिनिधि आइसानी मेदागाङगोदा लाबेसँगको भेटमा नेपाल–संयुक्त राष्ट्रसङ्घ विकास सहयोग र साझेदारीका विषयमा कुराकानी भएको थियो। 

प्रकाशित: Nov 17, 2021| 19:35 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...