शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रकाशनमान सिंहले रामचन्द्र पौडेलसँग भने, कति भारी बोक्नुहुन्छ, अब अभिभावक भएर बस्नुस्

प्रकाशनमान सिंहले रामचन्द्र पौडेलसँग भने, कति भारी बोक्नुहुन्छ, अब अभिभावक भएर बस्नुस्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति पदमा सघाउन आग्रह गरेका छन्।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति पदमा सघाउन आग्रह गरेका छन्। सिंहनिवास चाक्सीबारीमा बिहीबार भएको भेटमा सिंहले यस्तो आग्रह गरेका हुन्। सिंहले पौडेललाई अभिभावक भएर बस्न आग्रह गरेका छन्। आफूलाई सभापतिका लागि सघाउन आग्रह गर्न पौडेल चाक्सीबारी पुगेका थिए।

पौडेलसँगको संवाद उल्लेख गर्दै सिंहले संवाददाताहरुसँग भने, ‘तपाईं कति भारी बोक्नुहुन्छ, अब हामी भारी बोक्न तयार छौं, अब मलाई सहयोग गर्नुस् तपाईं अभिभावक भएर बस्नुस्।’ सिंहले कांग्रेसलाई संस्थागत र विधिसम्मत रुपमा अघि बढाउन आफूले सभापतिमा उम्मेद्‍वारी दिएको बताए। उनले भने, ‘म सभापति भएपछि कांग्रेसलाई भेटिने अवस्थामा पुर्याउनेछु।’ 

प्रकाशित: Nov 18, 2021| 15:25 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...