शुक्रबार, भदौ ५, २०८३

एमाले प्रतिनिधि चयनमा 'धाँधली', बलजफ्ती नाम घोषणा गरियो : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौँ महाधिवेशनका लागि भएको प्रतिनिधि चयनमा 'धाँधली' भएको आरोप लगाएका छन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौँ महाधिवेशनका लागि भएको प्रतिनिधि चयनमा 'धाँधली' भएको आरोप लगाएका छन्। विधिसम्मत तरिकाले प्रतिनिधिहरू चयन गर्नुपर्नेमा निर्वाचन र सहमति पनि नगरी कथित व्यक्तिहरूलाई स्वेच्छाचारी ढंगबाट प्रतिनिधि बनाइएको उनको आरोप छ। 

बुधबार एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष रावले पार्टी फुटको संघारमा रहेका बेला प्रतिनिधि चयनमा विवाद हुनु दुखद् भएको उल्लेख गरेका छन्। 'दसौं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो,'  रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'तर यस्तो चाहना र आवश्यकता विपरीत कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नविकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भएका छन्।'

कैलालीलगायतका जिल्लामा सदस्यता वितरण, नवीकरण र प्रतिनिधि चयनमा भइरहेको बेथितिबारे आफूले कुरा उठाएपनि सुनुवाइ नभएको उनको भनाइ छ। कैलालीको निर्वाचन क्षेत्र नम्बर २, लम्कीचुहा नगरपालिकामा प्रतिनिधि चयनमा चरम स्वेच्छाचारी कार्य भएको उनको भनाइ छ।

'त्यहाँको वस्तुतथ्यबारे पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई लिखित र मौखिकरुपमा जानकारी गराउँदै विधिसम्मत् प्रतिनिधि चयनको काम हुन आग्रह गरिएको थियो। बिडम्बना, प्रतिनिधि चयनको कुनै विधिवत् प्रक्रिया बिना धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको छ,' उनको असन्तुष्टि छ। 

यसविरुद्ध १२०० पार्टी सदस्यहरुले हस्ताक्षर गरी पार्टीमा उजुरी गरेको समेत उनले जानकारी दिएका छन्। 

निर्धारित प्रणाली अनुसार विधिवत् प्रतिनिधिको चयन नभएको, सहमति नगरी एकतर्फी रूपमा प्रतिनिधि छानिएको, निर्वाचन नै नगरी बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिएको समेत उनको आरोप छ। पार्टी निर्णय र विधिपद्धति विपरीतका कार्यलाई बदर गर्न उनले माग गरेका छन्। 

एमालेले मंसिर १० गते चितवनमा महाधिवेशन उद्धाटन गर्ने तय गरिसकेको छ। 

प्रकाशित: Nov 17, 2021| 20:58 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...