काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्ने भएको छ। बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।
विभिन्न जिल्लाबाट आएका उजुरी र निर्वाचन हुन नसकेका ठाउँमा समन्वय गर्नेलगायत विषयमा छलफल गर्न निर्वाचन समितिको बैठक बस्न लागेको हो।
कांग्रेसले यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्दैछ। अहिलेसम्म १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।