शुक्रबार, भदौ ५, २०८३

राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ मा हुने

राष्ट्रियसभा निर्वाचन आगामी माघमा हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १२ मा चुनाव गर्ने निर्णय गरेको हो।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं- राष्ट्रियसभा निर्वाचन आगामी माघमा हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १२ मा चुनाव गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्‌को बैठकले आगामी माघ १२ गतेका लागि राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।

राष्ट्रिय सभामा हाल कायम सदस्यमध्ये एक तिहाइ (२० जना) सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लागेको छ। जसमा १९ जना निर्वाचित र एक जना सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेका सांसद छन्।

२०७५ असार ४ गते भएको गोलाप्रथामा उनीहरुले चार वर्षे पदावधि रहेको कुपन पाएका थिए। राष्ट्रिय सभाबाट पदावधि सकिएर घर फर्किनेमा बढी प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद छन्।

सो पार्टीका आठ सांसदहरुको पदावधि सकिँदैछ। यस्तै सत्ता साझेदार नेकपा माओवादी केन्द्रका पाँच, नेकपा (एकीकृत समाजवादी) का चार र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका तीन सांसदहरुको पनि चार वर्षीय पदावधि सकिँदैछ।

संसद् सचिवालयका अनुसार एमालेबाट पदावधि सकिन लागेका सांसदमा अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल छन्। 

माओवादी केन्द्रका खिमबहादुर विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहाल र रामनारायण बिडारीको पनि पदावधि समाप्त हुँदैछ। बिडारी तत्कालीन नेकपा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा मनोनित राष्ट्रियसभा सदस्य हुन्। 

एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी) का उदया शर्मा पौडेल, ठगेन्द्रप्रसाद पुरी, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवरको पनि चार वर्षे कार्यकाल आगामी फागुन २० मै सकिन्छ।

यस्तै कांग्रेसका दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारीको पनि पदावधि सकिन लागेको छ। माओवादी सांसद् चन्द्रबहादुर खड्का पार्टी परित्याग गरी एमालेमा लागेपछि कारबाहीमा परेका थिए। उनको स्थानमा २०७८ जेठ १७ गते भएको उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी भए। निर्वाचन आयोगका अनुसार पाण्डेय खड्काकै स्थानमा निर्वाचित भएका कारण उनको कार्यकाल पनि फागुन २० मा सकिन्छ।  

कार्यकाल सकिनुभन्दा ३५ दिन अगाडि राष्ट्रियसभा निर्वाचन सम्पन्‍न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। 

प्रकाशित: Nov 18, 2021| 20:49 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...