शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गृहजिल्ला पुगेर गृहमन्त्री खाणले भने– कांग्रेस सभापति देउवा नै हुनुपर्छ

गृहजिल्ला पुगेर गृहमन्त्री खाणले भने– कांग्रेस सभापति देउवा नै हुनुपर्छ

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदो छ। विभिन्न तहका अधिवेशनहरु भइरहेका छन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

बुटवल– नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदो छ। विभिन्न तहका अधिवेशनहरु भइरहेका छन्। मंसिर ३ र ६ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ। यही निर्वाचनको संघारमा गृहजिल्ला रुपन्देही आएका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले पुनः सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित गर्नुपर्ने बताएका छन्।

बुधबार दिनभर विभिन्न कार्यक्रममा सहभागी भएका खाणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनपर्ने भन्दै देउवालाई नै पुनः सभापति बनाउनुपर्नेमा जोड दिए। ‘प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति हुनुपर्छ। त्यसो हुँदा यही सरकारले चुनाव गराउँछ,’ खाणले भने। अहिले देउवालाई अन्य दलहरुले पनि साथ दिएकाले उनैलाई सभापति बनाउनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै खाणले सभापति एक व्यक्ति र प्रधानमन्त्री अर्को व्यक्ति हुँदा त्यसले द्वन्द्व पैदा गर्ने दाबी गरे। कब्जाको शैलीमा चुनाव भए त्यसको मूल्य कांग्रेसले नै चुकाउनुपर्ने उनको तर्क छ। 

गृहमन्त्री खाणले हतियार नबुझाएका शक्तिलाई हतियार बुझाउन पनि अपिल गरेका छन्। वर्तमान सरकारले शान्ति प्रक्रियालाई अगाडि बढाउन संकल्प लिएको बताउँदै उनले राष्ट्रिय राजनीतिको मूलधारमा आउन आग्रह गरे। 

प्रकाशित: Nov 17, 2021| 17:33 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...