शुक्रबार, भदौ ५, २०८३

डडेलधुरा कांग्रेसका सभापति मल्लको टोलीद्वारा सानेपामा अनसन सुरु

डडेलधुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहित नेता–कार्यकर्ताले ललिपतुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबारदेखि रिले अनसन थालेका छन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं– डडेलधुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहित नेता–कार्यकर्ताले ललिपतुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबारदेखि रिले अनसन थालेका छन्।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले जिल्लामा क्रियाशील सदस्यताको विवादका बीच एकलौटी अधिवेशनको प्रक्रिया अघि बढाएको र त्यसैलाई केन्द्रीय निर्वाचन समितिले मान्यता दिएको भन्दै सभापति मल्लसहितले अनसन थालेका हुन्। देउवा पक्षले भने वडा र पालिका अधिवेशनसमेत गरिसकेको छ।

विधानविपरीत जिल्ला कार्यसमितिले सिफारिस गरेका क्रियाशील सदस्यको नाम काटेर सभापति देउवाले आफूखुसी केन्द्रबाटै नाम थप गरी पठाएको आरोप सभापति मल्ललगायतको छ। मल्लले वैधानिक क्रियाशील सदस्यताका आधारमा पुनः वडा अधिवेशन गराई महाधिवेशनको प्रक्रिया अघि बढाउन माग गरेका छन्।

बुधबारदेखि जिल्ला सभापति मल्ल, उपसभापति करुणाकर भट्ट, नेविसंघका पूर्वअध्यक्ष केशव सिंह, महाधिवेशन प्रतिनिधि हरि भट्टसहित २१ जना नेता–कार्यकर्ता रिले अनसनमा बसेका छन्।

जिल्ला सभापति मल्लले यसअघि २७ कात्तिकमा पत्रकार सम्मलेन गरेर बुधबार (आज) सम्म पनि आफूहरूका माग पूरा नभए अनसन बस्ने घोषणा गरेका थिए। भोलिपल्ट २८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा पनि यस विषयमा कुरा उठेको थियो। तर, सभापति देउवाले कुनै जवाफ दिएका थिएनन्।

प्रकाशित: Nov 17, 2021| 16:36 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...