सोमबार, फागुन १८, २०८२

Madesh


प्रदेश २ प्रदेशसभाको आठौं अधिवेशन २९ मंसिरदेखि

प्रदेश २ प्रदेशसभाको आठौं अधिवेशन यही मंसिर २९ गतेदेखि सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

सूर्यमा ग्रहण लागिसक्यो, अब कलम चम्किन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब हुने निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

क्रियाशील सदस्यता पाएकै वर्ष नगर सचिवमा निर्वाचित

जनकपुरधाम उपमहानगरपालिका केही दिन अगाडि मात्रै सम्पन्‍न नगर अधिवेशनबाट एकजना युवा क्रियाशील सदस्यता पाएकै वर्षमा क्षेत्रीय प्रतिनिधि हुँदै नगर सचिवसम्म पुगेका छन्। उनी हुन् जनकपुरधाम उपमहानगरपालिका - ४ का निरजकुमार...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

वीरगन्जमा राति १० बजेपछि बाजा बजाउन रोक

वीरगन्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ७, २०७८

प्रदेश २ कांग्रेस सभापतिमा मन्त्री यादवले गरे उम्मेदवारी घोषणा

सोमबार यादवले जनकपुरमा पत्रकार सम्मेलन आयोजना गरेर नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश २ सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

मन्त्रीमण्डलमा महिला सहभागिता नगराइएकोमा प्रदेशसभा सदस्य यादवको आक्रोश

प्रदेश २ को सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी भएको एक दिन नबित्दै सोही दलकी प्रदेशसभा सदस्य मञ्जु यादवले प्रदेश सरकारविरुद्ध आक्रोश पोखेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

वडाध्यक्षहरूले लगाए जनकपुरका नगर प्रमुखको कार्यकक्षमा ताला

सफाइ कर्मचारीले वडाध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै जनकपुरधामका वडाध्यक्षहरुले नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

जनकपुर कांग्रेसको सभापतिमा मनोज साह निर्विरोध

नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाको नगर सभापतिमा मनोज साह निर्विरोध निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

प्रदेश २ का दुई मन्त्रीले शपथ लिए

प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनियताको शपथ लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

प्रदेश २ : नेकपा एसका दुई मन्त्रीले लिए शपथ ग्रहण

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीमण्डल विस्तार गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ५, २०७८

धनुषामा कांग्रेसको पालिका अधिवेशन आइतवार हुने, सर्लाहीका निर्वाचन अधिकृतले दिए राजीनामा

शुक्रबार निर्वाचन अधिकृत अरूण ज्ञवालीले सूचना प्रकाशन गरी मंसिर ४ र ६ गतेका लागि तय गरिएको पालिका तथा प्रदेश क्षेत्रीय अधिवेशन तत्कालका लागि प्राविधिक कारणले स्थगित गरिएको जनाएको थियो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ४, २०७८

मुख्यमन्त्री राउत घेराबन्दीमा, राजीनामाको माग चर्किंदै

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नै मन्त्रीमण्डलबाट एक जना मन्त्रीलाई पदमुक्त गरेपछि उनले राजीनामा दिनुपर्ने उठ्दै आएको छ। उनले मन्त्रीलाई विनाकारण पदमुक्त गरेको भन्दै चर्को आलोचना भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

सुनसरीबाट १८० किलो गाँजा बरामद

सुनसरी प्रहरीले सिमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ। ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्‍जबाट गाँजा बरामद गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

सर्लाहीमा कांग्रेस कार्यकर्ताबीच झडप हुँदा वडा अधिवेशन बिथोलियो

वरिष्ठ नेता पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका थिए। निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेपछि अधिवेशन स्थगित भएको जनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

मुख्यमन्त्री हटाउने कुरा थियो, उल्टै मलाई राजीनामा पत्र थमाए: पदमुक्तमन्त्री राय

लालबाबु राउतको अनुहार अगाडि बढाएसँग जनता समाजवादी पार्टीको डुंगा पार लाग्दैन। राउतले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

मन्त्रीले जबरजस्ती अधिवेशन गराउन खोजेपछि आफ्नै कार्यकर्ताले घेरे

धनुषाको मुखियापट्टी मुसहरनियाको वडा अधिवेशनमा हस्तक्षेप गर्न खोजेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई घेराउ गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

प्रधानमन्त्री नभए पनि गठबन्धनमा म बलियो छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री बनाउने मान्छे भएकोले गठबन्धनमा बलियो रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

वडा अधिवेशनमा हस्तक्षेप गरेको भन्दै कार्यकर्ताले घेरे मन्त्री यादव

धनुषाको मुखियापट्टी मुसहरनियाको वडा अधिवेशनमा हस्तक्षेप गर्न खोजेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरु प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई घेराउ गरेका छन्। मन्त्री यादवकै वडामा उनकै कार्यकर्ताहरुले घेराउ गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

एसलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले हटाए पर्यटनमन्त्री राय

मुख्यमन्त्री राउतले उद्योग, वन तथा पर्यटन मन्त्री रामनरेश रायलाई राजीनामा दिन दिएको निर्देशनको २ दिन नबित्दै पदमुक्त गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

राजेन्द्र महतोले मागे मुख्यमन्त्री राउतको राजीनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमको साइकल खरिदमा भ्रष्टाचार भएको बताइरहँदा लोकतान्त्रिक समाजवादी पार्टीले नैतिकताको अधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८