शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

वडाध्यक्षहरूले लगाए जनकपुरका नगर प्रमुखको कार्यकक्षमा ताला

सफाइ कर्मचारीले वडाध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै जनकपुरधामका वडाध्यक्षहरुले नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
 |  सोमबार, मंसिर ६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

जनकपुरधाम– सफाइ कर्मचारीले वडाध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै जनकपुरधामका वडाध्यक्षहरुले नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

triton college

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहलाई सफाइ कर्मचारीले गालीगलौज गर्दै दुर्व्यवहार गरेपछि वडाध्यक्षहरुले तालाबन्दी गरेका हुन्। ‘जनकपुरधाम उपमहानगर वडा नम्बर ४ स्थित सञ्चय कोषको कार्यालय नजिक गाई मरेको थियो। त्यो गाई हटाइदिन आग्रह गरेँ तर त्यो गाई हटाउनुको साटो उल्टै गालीगलौज गर्न थाले,’ वडाध्यक्ष सिंहले भने। नगर प्रमुख लालकिशोर साहकै इशारामा सफाइ कर्मचारीले जनप्रतिनिधिलाई समेत दुर्व्यवहार गर्ने गरेको आरोप उनले लगाए। 

‘नगर प्रमुख जनकपुरधाम सफा गर्नका लागि यसअघि नै गम्भीर थिएनन्, अब आएर जनप्रतिनिधिलाई नै गालीगलौज तथा दुर्व्यवहार गर्न थालेपछि बाध्य भएर उपमहानगरको कार्यालयमा तालाबन्दी गर्नुपरेको हो,’ वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले बताए। 

उपमहानगरमा तालाबन्दी गर्नका लागि जनकपुरधाम उपमहानगर वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह लगायत पुगेका थिए। वडाध्यक्षले तालाबन्दीपछि नगर प्रमुख लालकिशोर साहविरुद्ध नारावाजी गरेका थिए। 

प्रकाशित: Nov 22, 2021| 12:05 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।