बिहीबार, असोज ३०, २०८२

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
 |  बुधबार, फागुन १७, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, फागुन १७, २०७९

विराटनगर– प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

Kumaribank

प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले नामरण सम्बन्धि प्रस्ताव पेश भई निर्णय हुने कार्यसूची रहेको बताए। उनका अनुसार नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश १ को नामकरणका लागि प्रदेशसभा नियमावली २०७४ को नियम ५८ (ख) बमोजिम प्रस्ताव पेश भई निर्णय हुने कार्यसूची छ। 

प्रदेश १ को नाम कोशी राख्न सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहमत भएका छन्। नेकपा एमाले कोशी प्रदेश राख्नु पर्ने पक्षमा छ। प्रदेशसभाको पहिलो कार्यकालमा पनि  एमाले कोशी प्रदेशकै पक्षमा रहेको थियो। 

एमालेको प्रस्तावमा नेपाली कांग्रेस पनि सहमत भएको श्रोतको दाबी छ। नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जुन नाममा अधिकतम सहमति हुन्छ, त्यही नाम पास गरेर जानु पर्ने बताए। एमाले र कांग्रेसको प्रस्तावमा सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सहमत छ। ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९ र राप्रपाका ६ जना सांसद छन्। 

सत्तारुढ नेकपा माओवादी केन्द्र, जसपा र प्रतिपक्षी एकीकृत समाजवादीले फरक मत राख्ने भएका छन्। एमाले, कांग्रेस र राप्रपा कोशी प्रदेशमा सहमत भएपछि प्रदेशको नाम कोशी प्रदेश हुने निश्चित भएको छ। पहिचान सहितको नामको पक्षमा रहेका माओवादी सहितका तीन दलले फरक मत राख्ने तयारी गरेका हुन्। श्रोतका अनुसार उनीहरूले पहिचानसहितको छुट्टै नाम टेवल गर्ने तयारी गरेका छन्। प्रदेशसभामा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन्। 

Metro Mart

प्रदेश १ को राजधानी टुङ्गो लागेको झण्डै ४ वर्षपछि नामकरण हुने भएको छ। २०७६ वैशाख २३ गते प्रदेशसभाले प्रदेश १ को राजधानी विराटनगर टुङ्गो लागेको थियो। राजधानी टुङ्गो लागेको ३ वर्ष १० महिना पछि प्रदेशसभाले नामाकरण गर्न लागेको हो। ७ वटा प्रदेश मध्ये ६ वटाले प्रदेशको नाम पहिलो कार्यकालमै टुङ्गाएका थिए।
 

प्रकाशित: Mar 01, 2023| 12:12 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मोरङमा एक जोडी झुण्डिएको अवस्थामा मृत फेला

शुक्रबार रंगेली नगरपालिका-२ को खोरिया टोलस्थित कृषि फार्मको लिचीको रूखमा दुवैजना झुण्डिएको अवस्थामा फेला परेका हुन्।

प्रदेश नामकरणविरुद्धको आन्दोलनमा डीएसपीसहित २० जना घाइते

पहिचानवादीले आजै प्रदेशका विभिन्न पालिका कार्यालयमा तालाबन्दी पनि गरेका छन्। 

कोशी नामकरणविरुद्धको आन्दोलनमा एकजनाले ज्यान गुमाए

चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका लिम्बुको बिहीबार राति ज्यान गएको हो।

बिजुली निकाल्न खोलै सुकाइएपछि...

प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन्।