बुधबार, कात्तिक ५, २०८२
  • गृहपृष्ठ
  • कोशी
  • प्रदेश नामकरणविरुद्धको आन्दोलनमा डीएसपीसहित २० जना घाइते

प्रदेश नामकरणविरुद्धको आन्दोलनमा डीएसपीसहित २० जना घाइते

पहिचानवादीले आजै प्रदेशका विभिन्न पालिका कार्यालयमा तालाबन्दी पनि गरेका छन्। 
 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

कोसी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा म‌ंगलबार नेपाल प्रहरीका डीएसपीसहित २० जनाभन्दा धेरै घाइते भएका छन्।

Kumaribank

विराटनगरस्थित होटल बिगमा आयोजित प्रदेशसभाका सांसद सहभागी हुने कार्यक्रममा पहिचानवादीले प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

झडपमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी विजय श्रेष्ठसहित सशस्त्र प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीतर्फ पनि एक दर्जन बढी घाइते भएका छन्।‌

दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यशालामा सहभागी हुन सांसदहरू सहभागी हुने भएपछि पहिचानवादीले होटल नै घेराउ गर्ने उद्देश्यले विरोध प्रदर्शन गरेका थिए। स्थिति उग्र बनेपछि प्रहरीले १४ राउन्ड हवाई फायर तथा ४० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। 

यूएनडीपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रममा पूर्व अर्थमन्त्री युवराज खतिवडा र अर्थविज्ञ स्वर्णीम वाग्लेले प्रवचन दिने तय भएको थियो। तर, कार्यक्रम सुरु हुनु अगावै पहिचानवादीले प्रदर्शन गरेका हुन्।
उनीहरूले ढुंगामुढा गर्न थालेपछि प्रहरीले पहिले पानीको फोहोरा हानेको थियो।‌

Metro Mart

यसअघि मोरङको विराटचोकस्थित नेपाल इरिका होटलमा कार्यक्रम राखिएको थियो। तर त्यहाँ पनि प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले घेराउ गर्ने जानकारी आएपछि असुरक्षा देखाएर विराटनगरमा कार्यक्रम सारिएको थियो। पहिचानवादीले आजै प्रदेशका विभिन्न पालिका कार्यालयमा तालाबन्दी पनि गरेका छन्। 

पुनः नामांकन संयुक्त संघर्ष समितिले कोसी नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग गर्दै आन्दोलन गरिरहेको छ। आन्दोलनका क्रममा एक जनाले ज्यानसमेत गुमाइसकेका छन्। 

प्रकाशित: Mar 28, 2023| 17:39 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मोरङमा एक जोडी झुण्डिएको अवस्थामा मृत फेला

शुक्रबार रंगेली नगरपालिका-२ को खोरिया टोलस्थित कृषि फार्मको लिचीको रूखमा दुवैजना झुण्डिएको अवस्थामा फेला परेका हुन्।

प्रदेश नामकरणविरुद्धको आन्दोलनमा डीएसपीसहित २० जना घाइते

पहिचानवादीले आजै प्रदेशका विभिन्न पालिका कार्यालयमा तालाबन्दी पनि गरेका छन्। 

कोशी नामकरणविरुद्धको आन्दोलनमा एकजनाले ज्यान गुमाए

चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका लिम्बुको बिहीबार राति ज्यान गएको हो।

बिजुली निकाल्न खोलै सुकाइएपछि...

प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन्।