मंगलबार, माघ १, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कोशी नामकरणविरुद्धको आन्दोलनमा एकजनाले ज्यान गुमाए

चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका लिम्बुको बिहीबार राति ज्यान गएको हो।
 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

ntc landingntc landing

कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बूको मृत्यु भएको छ। चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका लिम्बुको बिहीबार राति ज्यान गएको हो।

himalayan bank box

विराटनगरमा निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्न जाने क्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बू घाइते भएका थिए। टाउकोमा चोट लागेका उनलाई बुधबार राति बान्ता गरेपछि बीपी अस्पातल धरान लगिएको थियो।

बेहोस अवस्थामा अस्पताल लगिएका लिम्बुको बिहीबार राति मृत्यु भएको पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ। घटनाको जिम्मा प्रदेश १ का ८२ जना सांसद, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की, प्रधानमन्त्री प्रचण्ड एवं नेपाल प्रहरीले लिनुपर्ने भन्दै समितिले विज्ञप्ति निकालेर लिम्बूको हत्या भएको र अनुसन्धान गर्न छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको छ। उनलाई सहिद घोषणा गर्नुपर्ने पनि माग राखिएको छ।

धरान-१५ मा बसोबास गर्दै आएका लिम्बु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए। उनी २०५२ देखि लिम्बुवान आन्दोलनमा थिए ।

प्रकाशित: Mar 24, 2023| 08:48 शुक्रबार, चैत १०, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मोरङमा एक जोडी झुण्डिएको अवस्थामा मृत फेला

मोरङमा एक जोडी झुण्डिएको अवस्थामा मृत फेला

शुक्रबार रंगेली नगरपालिका-२ को खोरिया टोलस्थित कृषि फार्मको लिचीको रूखमा दुवैजना झुण्डिएको अवस्थामा फेला परेका हुन्।
प्रदेश नामकरणविरुद्धको आन्दोलनमा डीएसपीसहित २० जना घाइते

प्रदेश नामकरणविरुद्धको आन्दोलनमा डीएसपीसहित २० जना घाइते

पहिचानवादीले आजै प्रदेशका विभिन्न पालिका कार्यालयमा तालाबन्दी पनि गरेका छन्। 
कोशी नामकरणविरुद्धको आन्दोलनमा एकजनाले ज्यान गुमाए

कोशी नामकरणविरुद्धको आन्दोलनमा एकजनाले ज्यान गुमाए

चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका लिम्बुको बिहीबार राति ज्यान गएको हो।
बिजुली निकाल्न खोलै सुकाइएपछि...

बिजुली निकाल्न खोलै सुकाइएपछि...

प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन्।