बिहीबार, असोज ३०, २०८२

मोरङमा एक जोडी झुण्डिएको अवस्थामा मृत फेला

शुक्रबार रंगेली नगरपालिका-२ को खोरिया टोलस्थित कृषि फार्मको लिचीको रूखमा दुवैजना झुण्डिएको अवस्थामा फेला परेका हुन्।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं- मोरङमा एक जोडीले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार विवाहका लागि उमेर नपुगे पनि पारिवारिक सहमतिमा सँगै बस्दै आएको एक जोडीले आत्महत्याको बाटो रोजेको हो।

Kumaribank

शुक्रबार रंगेली नगरपालिका-२ को खोरिया टोलस्थित कृषि फार्मको लिचीको रूखमा दुवैजना झुण्डिएको अवस्थामा फेला परेका हुन्।

शव भेटिनेमा मोरङको रंगेली-२ का १८ वर्षीय सञ्जय उराव र बेलबारी नगरपालिका-२ की १८ वर्षीया ललिता उराव हुन्। कृषि फार्म भने जनक कार्कीको हो। लिची बगानमा डोरीको पासो लगाएर उनीहरुले आत्महत्या गरेका हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सञ्जय र ललिताको परिवारबीच विवाहका लागि सहमति भएको थियो। तर, उमेर नपुग्दा परिवारले सँगै बसोबास गर्न अनुमति दिएको थियो। उनीहरु एक महिनादेखि सँगै बस्दै आएका थिए।

इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ।

Metro Mart

प्रकाशित: Mar 31, 2023| 17:38 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मोरङमा एक जोडी झुण्डिएको अवस्थामा मृत फेला

शुक्रबार रंगेली नगरपालिका-२ को खोरिया टोलस्थित कृषि फार्मको लिचीको रूखमा दुवैजना झुण्डिएको अवस्थामा फेला परेका हुन्।

प्रदेश नामकरणविरुद्धको आन्दोलनमा डीएसपीसहित २० जना घाइते

पहिचानवादीले आजै प्रदेशका विभिन्न पालिका कार्यालयमा तालाबन्दी पनि गरेका छन्। 

कोशी नामकरणविरुद्धको आन्दोलनमा एकजनाले ज्यान गुमाए

चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका लिम्बुको बिहीबार राति ज्यान गएको हो।

बिजुली निकाल्न खोलै सुकाइएपछि...

प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन्।