राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश सरकारबाट पनि बाहिरिएको छ। संघ सरकारबाट बाहिरिएको भोलिपल्टै राप्रपा बागमतीबाट पनि बाहिरिएको हो।
आज आइतबार प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा बुझाएका छन्।
हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।