विराटनगर– प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ।
एमाले सांसद रामबहादुर मगर प्रस्तावक र भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर कोशी प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन्।
नामकरणका लागि प्रस्ताव दर्ता गराउन प्रदेश १ सचिवालयले दलहरूलाई दिउँसो १ बजे सम्मको समय दिएको छ। यसअघि मध्यान्न १२ बजे सम्मको समयमा एक घण्टा थप गरिएको छ। प्रदेशसभामा एमालेका ४० सांसद छन्।
र यो पनि