सोमबार, चैत ४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • मन्त्रीले जबरजस्ती अधिवेशन गराउन खोजेपछि आफ्नै कार्यकर्ताले घेरे

मन्त्रीले जबरजस्ती अधिवेशन गराउन खोजेपछि आफ्नै कार्यकर्ताले घेरे

धनुषाको मुखियापट्टी मुसहरनियाको वडा अधिवेशनमा हस्तक्षेप गर्न खोजेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई घेराउ गरेका छन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

जनकपुरधाम– धनुषाको मुखियापट्टी मुसहरनियाको वडा अधिवेशनमा हस्तक्षेप गर्न खोजेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई घेराउ गरेका छन्। मन्त्री यादवकै वडामा उनकै कार्यकर्ताहरुले घेराउ गरेका हुन्। 

health

मन्त्री यादवले लुकाएर गोप्य स्थानमा आफ्ना गुटका कार्यकर्तालाई मात्रै बोलाएर मतदान गराइरहेको थाहा पाएपछि स्थानीय कार्यकर्ताहरुले घेराउ गरेको कांग्रेसका स्थानीय नेता विनोदकुमार यादवले जानकारी दिए। मुखियापट्टी मुसहरनिया वडा नम्बर ५ र ६ मा प्रहरीको सहयोगमा एकलौटी रुपमा माइन्युट गरेर मन्त्री यादवले वडा अधिवेशन गर्न खोजेपछि विवाद उत्पन्न भएको हो। 

मन्त्री यादवले अलोकतान्त्रिक र तानाशाही विधिबाट अधिवेशन गराउन खोजेपछि आफूहरुले अधिवेशन रोक्न खोजेको स्थानीय कांग्रेसका कार्यकर्ता जयप्रकाश यादवले बताए। उनले मन्त्री यादव प्रहरी चौकीमा रहेको र उनलाई त्यही घेरेर राखेको बताए। 

सो क्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरु तथा प्रहरीबीच सामान्य झडप समेत भएको थियो। मन्त्री यादवकै हस्तक्षेपका कारण मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ मा समेत वडा अधिवेशन हुन सकेको छैन। धनुषाका बाँकी वडाहरुमा अधिवेशन सम्पन्न भइसकेको छ।

प्रकाशित: Nov 17, 2021| 18:36 बुधबार, मंसिर १, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।