सोमबार, चैत ४, २०८१

सुनसरीबाट १८० किलो गाँजा बरामद

सुनसरी प्रहरीले सिमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ। ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्‍जबाट गाँजा बरामद गरेको हो।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

सुनसरी- सुनसरी प्रहरीले सिमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ। ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्‍जबाट गाँजा बरामद गरेको हो। 

health

पराल लिन सिमापारी जानुपर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै गर्दा प्रहरीले शंका मानी खाली ट्याक्टरको चेकजाँच गरेको थियो। 

सो क्रममा ट्रलीभित्र थप क्याबिन बनाएर लुकाएर राखिएको ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको हो। प्रहरीले गाँजासहित ट्याक्टर सिमापारी कटाउन सहयोगीको भूमिका खेल्ने सन्तोषकुमार मेहतालाई समेत नियन्त्रणमा लिएको छ। 

मेहता स्थानीय विद्यालयमा कार्यरत शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ‍। सुनसरी प्रहरीले बरामद गाँजासहित पक्राउ परेका मेहतालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। 

पत्रकार सम्मेलनमा बोल्ने क्रममा प्रहरी प्रमुख सञ्जय सिंह थापाले बरामद गाँजा तस्करीको तरिका बिलकुलै नौलो पाइएको बताए। उनले लामो समयदेखि गाँजा तथा लागुऔषध कारोबार भइरहेको हुनसक्ने देखिएकाले अनुसन्धान त्यसतर्फ केन्द्रित गरिएको बताएका छन्। 

प्रकाशित: Nov 18, 2021| 21:31 बिहीबार, मंसिर २, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।