शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

राजेन्द्र महतोले मागे मुख्यमन्त्री राउतको राजीनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमको साइकल खरिदमा भ्रष्टाचार भएको बताइरहँदा लोकतान्त्रिक समाजवादी पार्टीले नैतिकताको अधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

वीरगन्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमको साइकल खरिदमा भ्रष्टाचार भएको बताइरहँदा लोकतान्त्रिक समाजवादी पार्टीले नैतिकताको अधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको छ।

triton college

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले वीरगन्जमा पत्रकार सम्मेलन गर्दै अख्तियारले साइकल खरिदमा भ्रष्टाचार भएको भनिसकेपछि मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए। नेतामा नैतिकता हुनुपर्ने भन्दै उनले मुख्यमन्त्रीले राजीनामा दिएर अनुसन्धानको लागि बाटो खुला गर्नुपर्ने बताएका हुन्। 

प्रदेश–२ मा लोकप्रिय मानिएको कार्यक्रम ‘बेटी पढाउ बेटी बचाउ’ मा वितरण गरिएको साइकलमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनाअघि मुख्यमन्त्रीको कार्यालयमा छापा मारी फाइलहरु नियन्त्रणमा लिएको थियो।

फरक प्रसंगमा महतोले आउँदो निर्वाचनमा उपेन्द्र यादवको जनता समाजवादी पार्टीसँग सहकार्य नहुने बताए। मेहनत गरेर बनाएको एकता भाँड्ने काम उपेन्द्र यादवले गरेकाले उनको पार्टीसँग सहकार्य नहुने उनले स्पष्ट पारे।

अधिकार प्राप्तिका लागि भइरहेको संघर्ष अब काठमाडौं केन्द्रित हुने उनले बताए। राष्ट्रिय मुक्ति आन्दोलनको तयारी भइरहेको नेता महतोले बताए। 

Metro Mart
vianet

विभिन्न कार्यक्रममा सहभागी हुन वीरन्ज आएका नेता महतोले आउँदो चुनावमा एमाले, माओवादी, कांग्रेस लगायतको दलसँग सहकार्य भए पनि मधेश केन्द्रित दलसँग सम्झौता नहुने ठोकुवा गरेका थिए।

प्रकाशित: Nov 16, 2021| 13:46 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।