शुक्रबार, कात्तिक ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्री हटाउने कुरा थियो, उल्टै मलाई राजीनामा पत्र थमाए: पदमुक्तमन्त्री राय

Siddartha premir insuranceSiddartha premir insurance

मुख्यमन्त्री हटाउने कुरा थियो, उल्टै मलाई राजीनामा पत्र थमाए: पदमुक्तमन्त्री राय

लालबाबु राउतको अनुहार अगाडि बढाएसँग जनता समाजवादी पार्टीको डुंगा पार लाग्दैन। राउतले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ।
 |  बुधबार, मंसिर १, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

लालबाबु राउतको अनुहार अगाडि बढाएसँग जनता समाजवादी पार्टीको डुंगा पार लाग्दैन। राउतले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ।

triton college

प्रदेश २ मा उद्योग वन तथा पर्यटन मन्त्रीको पदबाट रामनरेश रायलाई पदमुक्त गरिएपछि नयाँ राजनीतिक तरंग उत्पन्‍न भएको छ। मुख्यमन्त्री लालबाबु राउतले रायलाई पदमुक्त गरिएपछि उनी निक्कै आक्रोशित छन्। रायलाई पदमुक्त गरिएपछि अब आउने दिनमा उनको आगामी योजना के छ, यसले प्रदेशको राजनीतिमा के असर पर्छ भन्‍नेलगायतका विषयमा केन्द्रित रहेर नेपाल समयका लागि सहकर्मी जयन्त ठाकुरले पदमुक्त भएका मन्त्री रायसँग गरेको कुराकानी: 

एकै पार्टीका मुख्यमन्त्री भएर पनि तपाईंलाई मुख्यमन्त्री जीले पदमुक्त गर्नुपर्ने कारण के लाग्छ? मुख्यमन्त्रीले एउटा पत्र पठाएर पदमुक्त गर्नुभयो, यसलाई कुन रुपमा लिनु हुन्छ ?

पहिलो कुरो त हामी पहिले एकै पार्टीबाट थिएनौँ। लालबाबुजी समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका थिए, म तत्कालीन राजपाबाट मन्त्री बनेँ। दुबै पार्टी विभिन्‍न आरोह-अवरोह पार गर्दै एकता भयो। म पहिले पनि कार्यकारिणी समितिको सदस्य थिएँ र अहिले जसपामा पनि छु। त्यसपछि जसपा विभाजन हुने बेलामा पार्टीलाई आधिकारिकता दिलाउन मेरो महत्वपूर्ण भूमिका थियो यो विषय सबैलाई थाहा छ। एक दुई दिन पहिले मात्रै मलाई मुख्यमन्त्रीजीले बोलाउनु भयो। उहाँले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई सरकारमा शामिल गराउनु छ, तपाईंले मन्त्रालय छोड्नु पर्छ भन्‍नुभयो। मैले कसैलाई हटाउनुभन्दा मन्त्रालय फुटाएर शामिल गराउनुस् भन्‍ने सुझाव दिएँ। तर मुख्यमन्त्रीजीले मन्त्रालय फुटाएर सरकारमा शामिल हुन तयार नरहेको भन्‍ने कुरो सुनाए। मैले उहाँलाई भने कांग्रेस र माओवादीलाई सरकारमा शामिल गराउँदा पनि मन्त्रालय फुटाएर नै गराइएको थियो। कांग्रेसभन्दा ठूलो पार्टी त नेकपा एकिकृत समाजवादी होइन। यसअघि कांग्रेस र माओवादीलाई सरकारमा शामिल गराउनका लागि सामाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वमा म र मन्त्री शैलेन्द्र साहलाई राखेर समिति नै बनाइएको थियो। त्यो समयमा हामीले यस विषयमा राजनीतिक सेट्लमेन्ट गर्न सफल भएका थियौँ। यसपटक पनि यही गर्नुपर्थ्यो तर मुख्यमन्त्रीले मान्‍नु भएन।

लालबाबु राउतको अनुहार अगाडि बढाएसँग जनता समाजवादी पार्टीको डुंगा पार लाग्दैन। राउतले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ।

यस विषयमा पार्टी भित्र छलफल भएको थिएन?

Metro Mart
vianet

छलफल भएको थियो तर मन्त्रीलाई हटाउने विषयमा होइन। सरकारको नेतृत्व नै परिवर्तन गर्ने विषयमा छलफल भएको थियो। गत कात्तिक १३ गते सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठको घरमा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, रेणु यादव, महेन्द्र यादवको उपस्थितिमा प्रदेश २ सरकारको विषयमा छलफल भएको थियो। त्यो छलफलमा आवश्यक्ता परेमा नयाँ अनुहारलाई सरकारको नेतृत्व दिनुपर्ने विषयमा सहमति लगभग भइसकेको थियो। हामी पनि त्यसमा सहमत नै थियौँ। छठपछि यस विषयमा छलफल गर्ने भनिए पनि पछि पत्र पठाएर मलाई नै राजिनामा गर्नुपर्ने भयो।

यस प्रकारको बहिर्गमनले तपाईंलाई अपमान त गर्‍यो नि? 

मुख्यमन्त्रीजी र म पार्टी भित्र समान हैसियतको हौं। उहाँलाई तत्कालीन समाजवादी पार्टीले मुख्यमन्त्रीको रुपमा अगाडि बढायो, तत्कालीन राजपाबाट ३ वटा मन्त्रीहरुमध्ये मलाई एउटा मन्त्रालयको जिम्मा दिइयो। तर पार्टीभित्र लालबाबुजीभन्दा ठूलो योगदान मेरो हो। जसपा विभाजनको बेला आधिकारिताका लागि लालबाबुजीको होइन,मेरो ठूलो योगदान थियो।

उसो भए पार्टीले हट्न निर्देशन दिएको भए हुन्थ्यो?

निश्चित रुपमा। यस विषयमा एकल निर्णय गर्नुभन्दा पनि पार्टीमा छलफल हुनुपर्थ्यो। राजनीतिक रुपमा यसको सेट्लमेन्ट गर्नुपर्थ्यो। म पार्टीको मान्छे हुँ लालबाबुजीको घरको सदस्य होइन नि। उहाँ आफै आरोपी हुनुहुन्छ। असोज १३ गते अख्तियारले साइकल खरिद प्रकरणमा छापा हानेको थियो। त्यहाँको प्रारम्भिक अनुसन्धानले भ्रष्टाचार भएको प्रमाणित गरिसकेको छ। यस हिसाबले आरोपी व्यक्तिले पहिले राजीनामा दिनु पर्थ्यो। 

तपाईंको बर्गिमनपछि अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी भएको छ कि छैन?

अहँ भएको छैन।

किन कुरा गर्नु भएन?

म यो विषय घर-घरमा गएर राख्‍नेवाला छैन। म पार्टीको कार्यकारिणी समिति, संसदीय दलको बैठकमा यो विषयको उठान गर्छु। आरोपी मुख्यमन्त्रीको राजीनामा माग गर्छु। मुख्यमन्त्री लालबाबु राउतका कारण जसपाको शाख डुबिरहेको छ। लालबाबुजीको अनुहारलाई अगाडि बढाएर स्थानीय, प्रदेश वा संघीय कुनै निर्वाचनमा जसपाको डुंगा किनारामा लान सक्दैन। उनलाई अहिले नै नैतिकताको आधारमा राजीनामा दिनुपर्छ।

प्रकाशित: Nov 17, 2021| 21:11 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।