बुधबार, जेठ २०, २०८३

सूर्यमा ग्रहण लागिसक्यो, अब कलम चम्किन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब हुने निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८
National life
Shivam cement

जनकपुरधाम– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब हुने निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश तथा धनुषा जिल्ला कार्यालय उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले निर्वाचनपछि एमाले खोज्नुपर्ने दिन आउने दावी गरे। 

अध्यक्ष नेपालले केपी शर्मा ओली अहिले अत्यन्तै छटपटाइरहेको बताए। भने, ‘ओलीले अन्टसन्ट बोलेर आफ्नो चरित्र प्रदर्शन गरिरहेका छन्। हामी त्यसको पछि लाग्यौँ भने हाम्रै चरित्र उदांगो हुन्छ। गाली गर्न दिनुस्, म गाली गलौज गर्दिन। उहाँले आफ्नो चरित्र देखाइरहेका छन्, हामी राम्रो चरित्र संस्कार देखाउँछौँ।’

उनले सात वटा प्रदेशमध्ये दुई वटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको र संघीय सरकारमा समेत बलियो रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। नेपालले प्रदेश २ मा समेत एमालेभन्दा आफ्नो पार्टी निकै बलियो रहेको दाबी गरे। अध्यक्ष नेपालले ओलीलाई सूर्यको धाक नलगाउन चेतावनी दिँदै भने, ‘अब सूर्यको धाक नदेखाए हुन्छ, सूर्यमा ग्रहण लागिसकेको छ। अब कलम चम्किरहेको छ। सत्य र न्यायको सन्देश दिइरहेको छ।’ 


प्रकाशित: Nov 24, 2021| 12:30 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।