बुधबार, जेठ २०, २०८३

क्रियाशील सदस्यता पाएकै वर्ष नगर सचिवमा निर्वाचित

जनकपुरधाम उपमहानगरपालिका केही दिन अगाडि मात्रै सम्पन्‍न नगर अधिवेशनबाट एकजना युवा क्रियाशील सदस्यता पाएकै वर्षमा क्षेत्रीय प्रतिनिधि हुँदै नगर सचिवसम्म पुगेका छन्। उनी हुन् जनकपुरधाम उपमहानगरपालिका - ४ का निरजकुमार झा ‘गुड्डु’।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८
National life
Shivam cement

जनकपुरधाम- नेपाली कांग्रेसमा युवाहरुलाई अवसर दिइँदैन भन्‍ने गरिन्छ। तर, यस पटकको अधिवेशनबाट युवाहरुसमेत उल्लेख्य सहभागिता हुनु नेपाली कांग्रेसका लागि सुखद सन्देश हो। जनकपुरधाम उपमहानगरपालिका केही दिन अगाडि मात्रै सम्पन्‍न नगर अधिवेशनबाट एकजना युवा क्रियाशील सदस्यता पाएकै वर्षमा क्षेत्रीय प्रतिनिधि हुँदै नगर सचिवसम्म पुगेका छन्। उनी हुन् जनकपुरधाम उपमहानगरपालिका -  ४ का निरजकुमार झा ‘गुड्डु’।

३६ वर्षीय निरज २०६१ सालमा नेपाल विद्यार्थी संघमा लागेर राजनीतिक यात्रा सुरु गरे। चार वर्ष नेविसंघको राजनीति गरेर तत्कालीन राजनीति दलका नेताहरुको रबैयाबाट विरक्तिएका उनी केही वर्ष सक्रिय राजनीतिबाट पछि हटे। यद्यपि माउ पार्टी नेपाली कांग्रेसका लागि काम गरिरहे । उनले भने ‘पार्टीका लागि निरन्तर काम गरिरहे त्यसकै प्रतिफल हो, कांग्रेसी साथीहरुले मलाई नगरमा काम गर्ने अवसर प्रदान गरेका छन् ।’  यसअघि पार्टीमा जातीय राजनीति हावी थियो तर अब आएर जातीय राजनीतिभन्दा पनि काम गर्ने सार्थीहरुलाई यस पटकको महाधिवेशनबाट अवसर दिइएको उनी बताउँछन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा नगरमा झर्दै गइरहेको नेपाली कांग्रेसको स्थितिलाई फेरि उचाईमा पुर्‍याउने उद्देश्यले फेरि राजनीतिमा सक्रिय भएको उनको भनाइ छ। 'साथीभाईले जातीभन्दा माथि उठेर मलाई अवसर दिनुभएको छ,' उनले भने, 'उहाँहरुको विश्वास गुम्‍न दिने छैन।'

प्रकाशित: Nov 23, 2021| 18:32 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।