सोमबार, फागुन १८, २०८२

प्रधानमन्त्री नभए पनि गठबन्धनमा म बलियो छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री बनाउने मान्छे भएकोले गठबन्धनमा बलियो रहेको दाबी गरेका छन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

जनकपुरधाम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री बनाउने मान्छे भएकोले गठबन्धनमा बलियो रहेको दाबी गरेका छन्। उनले भने, 'अहिले म प्रधानमन्त्री नभए पनि गठबन्धनमा बलियो छु, प्रधानमन्त्री बनाउने मान्छे हुँ।'

महोत्तरीको रामगोपालपुरमा स्वास्थ्यचौकीको बुधबार उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्डले मधेशी जनताले पाउनुपर्ने अधिकारबाट अझै वञ्‍चित रहेकोले सोको प्राप्तिका लागि आफूले लडाइँ लड्नेसमेत बताएका छन्। 

उनले भने, ‘मैले प्रधानमन्त्रीको रुपमा संविधान संसोधनको लागि दुई पटक प्रस्ताव दर्ता गरे तर पास भएन। म लडिरहन्छु जब सम्म प्रस्ताव पास हुँदैन। र तपाईंहरुले पनि मलाई साथ दिनुहुन्छ, मलाई विश्वास छ।’

आफूले जनतासँग गरेको वाचा पूरा गरेको दाबी गरे। उनले भने, ‘म  स्थानीय निर्वाचनको सन्दर्भमा जनतालाई विश्वासमा लिन गाउँ-गाउँ घुमे र मधेशको जनताको भावनालाई नजिकबाट बुझ्ने प्रयास गरेँ। र त्यसलाई समाधान गर्नको निम्ति धेरै प्रयास गरेँ’,  उनले अगाडी भने, ‘मैले निर्वाचनको समय भनेको थिएँ, यो हुलाकी राजमार्गलाई निर्माण गर्नको लागि नेपालको मात्र होइन, भारत सरकारसँग पनि कुरा गर्नेछु र मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मादीसँग तीन पटक कुरा गरेको थिए। दोस्रो पटक प्रधानमन्त्री भएर भारतबाट फर्किपछि मैले सिरहामा हुलाकी राजमार्गको शिलान्यास गरेको थिएँ, अहिले बनेछ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले आफूले वाचा गरेको कुरा पुरा गरेको दाबी गरे। उनले आफू उपचुनावमा पिपरा आउँदा सडक धुलाम्य देखेपछि त्यस सडकलाई बनाउन पुरै तागत लगाउने भनेको र आज सडक तयार भएको दाबी गरे।

kumari

अध्यक्ष दाहालले चुरे विनाशको सम्बन्धमा बोल्दै भने, ‘देशमा राजनीति बिग्रे सबै बिग्रन्छ, देशमा धेरै कुरा बिग्रेको थियो अहिले आएर विस्तारै सबै ठिक हुँदैछ। चुरे दोहन गर्ने, गिट्टी बालुवा घिचेर विदेश बेच्‍ने नीती खलनायक केपी ओलीको थियो। हामीले त्यसलाई रोक्यौँ। अब छिट्टै चुरे संरक्षणको लागि विस्तृत योजना ल्याउँछौं।'

प्रकाशित: Nov 17, 2021| 18:33 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।