सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एसलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले हटाए पर्यटनमन्त्री राय

एसलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले हटाए पर्यटनमन्त्री राय

मुख्यमन्त्री राउतले उद्योग, वन तथा पर्यटन मन्त्री रामनरेश रायलाई राजीनामा दिन दिएको निर्देशनको २ दिन नबित्दै पदमुक्त गरिएको हो।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

जनकपुरधाम- नेकपा (एकीकृत समाजवादी- एस)लाई प्रदेश २ सरकारमा सामेल गराउन मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्रीलाई पदमुक्त गरेका छन्। 

मुख्यमन्त्री राउतले उद्योग, वन तथा पर्यटन मन्त्री रामनरेश रायलाई राजीनामा दिन दिएको निर्देशनको २ दिन नबित्दै पदमुक्त गरिएको हो।

मन्त्री राय राजीनामा दिन तयार नभएपछि मुख्यमन्त्री कार्यालयले रायलाई पदमुक्त गरिएको पत्र प्रदेश २ को प्रदेश प्रमुख कार्यालयलाई पठाएको छ। प्रदेश प्रमुखको कार्यालयका उपसचिव होम प्रसाद घिमिरेले करिब २ बजे मन्त्री रायलाई पदमुक्त गरिएको पत्र प्राप्त भएको जानकारी दिए। 

मुख्यमन्त्री राउतले संविधानको धारा १६९ को उपधारा ३ को खण्ड 'ख' बमोजिम उनलाई पदमुक्त गरेका छन्। यसअघि राय आफ्नो मन्त्री पद पद बचाउनकै लागि जसपा विभाजन हुँदा महन्थ ठाकुरको साथ छोडेका थिए।

प्रकाशित: Nov 16, 2021| 15:35 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।